जन आकाश
काठमाडौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति २०७९ भदौ २१ गतेदेखि सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं. १० नयाँरोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
हरिवन नगरपालिकाको नगर प्रमुख रमेश बुढाथोकीले नयाँ रोडशाखाको उदद्घाटन गरी सेवा शुभारम्भ गरेका छन् । कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख सुबास शर्मा, शाखा प्रमुख आशुतोष वैध लगायत बैंकका कर्मचारी तथा स्थानीय बासीहरुको उपस्थिति रहेको उल्लेख छ ।
देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखा रहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या १४७ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखा रहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
केही समय पछि सेन्चुरी बैक प्रभु बैकमा गाभिने तयारीमा रहेको छ । गाभिएपछि प्रभु बैकको नामवाट कारोवार सञ्चालन हुने बैकले गएका प्रेस बिज्ञप्तिहरुमा उल्लेख गरिसकेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend