logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

प्रभु बैंक र बाबा फुड्स बिच सम्झौता


  • जन आकाश
  • बुधबार, भाद्र २२ २०७९

काठमाडौ । मिती २०७९ भदौ १६गतेका दिन प्रभु बैंक लिमिटेड र जनकपुरस्थित बाबा फुड्स एण्ड रेस्ट्रो प्रा. लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रदेश २ का मुख्य व्यवसाय केन्द्र अधिकारी भुषण प्रसाद गुप्ता र बाबा फुड्स एण्ड रेस्ट्राका तर्फबाट प्रबन्ध निर्देशक बिशाल साहद्घारा उक्त सम्झौतामा हस्ताक्षर भउको हो ।



प्रभु बैंक र बाबा फुड्स एण्ड रेस्ट्रोको बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिर रहेका सम्पूर्ण ग्राहक महानुभावहरुले बाबा फुड्स एण्ड रेस्ट्रद्धारा सञ्चालित “फुड”र “वेभरेज” सेवामा ७ प्रतिशत छुट प्राप्त लिन सक्ने गरी सम्झौता गरेका हुन् ।

उतm सम्झौता अन्तर्गतबाबा फुड्स एण्ड रेस्ट्रोमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा,बाबा फुड्स एण्ड रेस्ट्रो.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको उल्लेख छ । सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक सेवा लिन सक्ने उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend