जन आकाश
ज्योति विका सबैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको छ । “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत देशका ५ विभिन्न सरकारी कलेजहरुमा “Business Incubation Center” स्थापना गर्ने परियोजनामा सहकार्य गर्नका लागि युथ स्किल ल्याबसंग सम्झौता गरेको बैकले उल्लेख गरेको छ ।
आइतबार एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारसराज कंडेल र युथ स्किल ल्याबका तर्फबाट स्किल ल्याबका संस्थापक निर्देशक नन्दकिशो रमण्डलले सम्झौता पत्रमा हस्ताक्षर गरेको उल्लेख छ ।
उक्त सम्झौता बमोजिम ज्योति विकास बैंकले ५ वटा सरकारी कलेजमा उद्यमशीलता विकास र प्रवर्द्धनको लागि Business Incubation Center स्थापना गर्न सहयोग गर्ने छ । उक्त Business Incubation Center मा विधार्थीहरुले निःशुल्क रुपमा उद्यमशीलता तालिम, विकास र संचालनमा सहयोगको साथै उद्यम सुचारु गर्न लगानीकर्तासंग सहकार्यको अवसर पनि प्राप्त गर्नेछन । सहकार्यको साझेदार युथ स्किल ल्याबले उक्त कार्यक्रम संचालन र व्यवस्थापन गर्नेछ ।
बैंकले संस्थागत रुपमा नै उद्यमशील वातावरण सिर्जना गरी उद्यमशीलताको विकास गर्न, कलेजमा अध्ययनरत विद्यार्थीहरुको नवीन विचारहरूलाई अवधारणाबाट वास्तविक गतिदिन तथा त्यस्ता विद्यार्थीहरुलाई स्वरोजगार उन्मुख बनाई दीर्घकालीन लाभ सिर्जना गर्ने उद्देश्य सहित सो परियोजनामा सहकार्य गरेको हो
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend