जन आकाश
काठमाडौ । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा तथा ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त एनसीसी बैंकले ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित मनकामना अस्पताल प्रा.ली मा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
सम्झौता अनुसार बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले उक्त मनकामना अस्पताल प्रा.ली मा OPD Checkup & Investigation (Endoscopy, X-Ray, USG, Pathology tests, General Ward & Cabin bed charges मा १५ प्रतिशत रOT Charges, CT Scan, ICU, NICU, HDU/Nursery मा १० प्रतिशतसम्म छुट प्राप्त हुनेछ ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको बैकले उल्लेख गरी पठाउने गरेको छ । एनसीसी बैंक २५ वर्ष अगाडी स्थापना भएको बैकले उल्लेख गर्ने गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend