logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

NIC ASIA MoBank एपबाट NEPALPAY को QR स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने


  • जन आकाश
  • शुक्रबार, भाद्र २४ २०७९

 



काठमाडौ । NIC ASIA MoBank  एपबाट नेपाल क्लियरिङ हाउसको NEPALPAY को QR को त्तच् स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ । सो सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र क्लियरिङ हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरी उक्त सेवा आरम्भ गरेका छन् ।

NIC ASIA MoBank प्रयोगकर्ताहरूले नेपालका विभिन्न स्थानका मर्चेन्टहरूसँग रहेको NEPALPAY को QR स्क्यान गरी सहजरुपमा भुक्तानी गर्न सक्नुहुन्छ । नेपालमा पछिल्लो पटक डिजिटल कारोबार बढिरहेको परिप्रेक्षमा NEPALPAY सँगको सहकार्यबाट डिजिटल कारोबारलाई थप नयाँ उचाइमा पु¥याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको उल्लेख गरेको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend