logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

एन आई सी एशियाले ग्राहक पहिचानको लागि Video KYC सेवा शुरु गरेको छ


  • जन आकाश
  • सोमबार, भाद्र २७ २०७९

 



 

काठमाडौ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एन आई सी एशिया बैंकले ग्राहक पहिचान सम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने Video KYC सेवाको शुभारम्भ गरेको छ ।

बैंकमा अनलाईन खाता खोल्ने स्वदेश वा विदेशमा रहेका ग्राहक महानुभावहरुले Video Call को माध्यमबाट ग्राहक पहिचान सम्बन्धी विवरण बैंकलाई सहज रुपमा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ । बैंकको वेबसाइट www.nicasiabank.com मार्फत Online बाट खाता खोल्दा ग्राहकहरुलाई KYC विवरण सम्बन्धमा दुइ विकल्प राखिएको छ । जसमा, ग्राहकले आफ्नो KYC आफूलाई पायक पर्ने शाखामा गई उपलब्ध गराउने वा सम्वन्धित बैंक कर्मचारीसँग Video Call गरि उक्त Call मार्फत KYC विवरण अद्यावधिक गर्ने भन्ने विकल्प दिने व्यवस्था गरिएको छ । यदि V-KYC मार्फत आफ्नो V-KYC जानकारी सम्वन्धित बैंकलाई उपलब्ध गराउने हो भने ग्राहकहरुले आफ्नो अनुकुल समय अनुसार सम्वन्धित बैंकका कर्मचारीलाई बैंकको कार्यालय समयमा सम्पर्क गरि Video Call मार्फत आफ्नो KYC विवरण बैंकलाई उपलब्ध गराउन सक्ने व्यवस्था गरेको छ ।

बैंकिङ्ग समयमा V-KYC को Video Call को लागि Appointment  Book गरि सो समयमा KYC विवरण अद्यावधिक गर्नु पर्ने छ । ग्राहकहरुले V-KYC को लागि Call गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र (नागरिकता÷पासपोर्ट÷ड्राइभिङ लाइसेन्स÷Voter Card_ तथा सेतो कागज र कालो÷निलो मसी भएको पेन आफूसँग राखि बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त Video Call मार्फत देखाउनु पर्ने व्यवस्था छ ।

Video KYC मार्फत KYC विवरण अद्यावधिक गरे पश्चात् ग्राहकमहानुभावहरुले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सक्नेछन् ।V-KYC मार्फत आफ्ना विवरणहरु अद्यावधिक गरि बढि भन्दा बढि लाभ ग्रहण गर्न बैंकले समस्त ग्राहकवर्गमा बैकले अनुरोध गरेको छ । नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)
सुधिर नाथ पाण्डेले हस्ताक्षर गरेर पठाएको बिज्ञप्तिमा उक्त कुरा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend