logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच सम्झौता


  • जन आकाश
  • बुधबार, भाद्र २९ २०७९

 



काठमाडौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथाकर्जा सुरक्षण कोष बीच कृषि कर्जा कार्यक्रम अन्र्तगत लगानी गरेका कृषि कर्जाहरुको सुरक्षण सम्बन्धि सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकले कृषिकर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका रु. ३ करोड सम्मको कृषि कर्जाहरुको सुरक्षण, कोषको कर्जा सुरक्षण नियमावली, २०७५ अन्र्तगत हुनेछ । सम्झौता पश्चात कृषि कर्जा प्रवाहको जोखिम थप न्युनिकरण भई कर्जा प्रवाहमा वृद्धि हुने बैकले अपेक्षा गरेको उल्लेख छ ।

सम्झौतापत्रमा निक्षेप तथा कर्जा सुरक्षण कोषको तर्फवाट नायव प्रमुख कार्यकारी अधिकृत श्रीमती उषा पौडेल र बैंकको तर्फबाट उप–महाप्रवन्धक श्रीमती अनुपमा श्रेष्ठ मानन्धरले हस्ताक्षर गरेका थिए । उक्त कार्यक्रममा कोषको प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे, विष्णुमणी अधिकारी सेञ्चुरी कमर्सियल बैंकका कृषि तथा विपन्न कर्जा विभाग प्रमुख प्रविन कुमार दाहाल तथा बजारिकरण विभागका गणेश सुवेदीको उपस्थित रहेको थियो ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले १४७ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

उक्त बैक छिट्टै नै प्रभु बैकमा गाभिने सहमति भएको बैकले बताउदै आएको छ । सेन्चुरी बैकको लोगे यहि कार्तिकसम्म मात्र प्रचलनमा रहने त्यसै बैकका ब्राण्ड हेरिरहेका स्वस्तिक सुवेदीले बताउदै आएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend