logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

नविल बैकले जेन अल्फा एप सार्वजनिक गरेको छ


  • जन आकाश
  • बुधबार, भाद्र २९ २०७९

काठमाडौ । राष्ट्रिय बाल दिवसको अवसर पारि नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित ‘नबिल जेन अल्फा‘ स्किम आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । नबिल जेन अल्फाका ब्राण्ड एम्बासेडर समाजसेवी प्रेन्सा रेग्मी, बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाकोे साथ अरु विशिष्ठ अतिथिहरुकोे उपस्थितिमा नबिल जेन अल्फा सार्वजनिक गरेको हो ।



बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले एपले बालबालिकालाई वित्तीय साक्षरता उपलब्ध गराउने बताए । ‘मोबाइलमा गेम मात्र खेलेर बिताउने बालबालिकालाई नयाँ कुरा सिक्नको लागि एपले मद्दत गर्नेछ,’ पौड्यालले जानकारी दिए, ‘एप मार्फत् बच्चाहरुले सानो उमेरदेखि पैसाको महत्व बुझ्नेछन् ।’

एप सार्वजनिक कार्यक्रममा सीईओ ढुङ्गानाले बालबालिकालाई वित्तीय साक्षरता सिकाउने उद्देश्यले जेन अल्फा बचत खाता बाल दिवसको अवसरमा सार्वजनिक गरिएको बताए । बिगतमा गाउँघरमा खुत्रुक्के हुन्थ्यो अचेल त्यसैलाई डिजिटल बनाएको हो । ‘घरमा रहेको खुत्रुकेमा बालबालिकाले राखेको पैसा जेन अल्फा मार्फत् डिजिटल खुत्रुकेमा राख्न सक्छन्,’ ढुङ्गानाले बताए, ‘बालबालिकाले यस एप मार्फत् खेल्दै पैसा बचत गर्न सिक्नेछन् ।’

‘नबिल जेन अल्फा’ १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकहरुलाई लक्षित गरि ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित खाता हो । अभिभावकहरूले यस एपमार्फत् आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्छन् । बालबालिकाहरुले पनि दिइएको कार्य सम्पादन पछि अंक कमाउन सक्छन् र त्यहि अंक लिंक गरिएकोे खातामा पैसाका रुपमा बचत हुने प्रावधान रहेको छ । यो स्किम मार्फत् बालबालिकाहरुलाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकहरुको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको बताए ।

कार्यक्रममा बैंकका बरिष्ठ डेपुटी सीईओ सुजित कुमार शाक्यले जेन अल्फा नबिलले परिकल्पना गरेको नयाँ पुस्तालाई सम्बृद्ध बनाउने बचत खाता भएको बताए । ‘बच्चाहरुको मोबाइल समयलाई सकारात्मक र केही सिक्नको लागि एपले सहयोगी भूमिका खेल्नेछ,’ शाक्यले थपे । सजितले भिडियो देखाउदै उदारणसमेत दिएर ब्याख्या गरेका थिए ।

अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले नबिल बैंकले बाल दिवसको दिन बालबालिकालाई केन्द्रीत गरेर जेन अल्फा ल्याएको र वित्तीय साक्षरता सिकाउने काम धेरै महत्वपूर्ण भएको बताए । नेपालमा डे«न टे«न नै बसेको र कक्षा १२ गर्ने बित्तिक्कै हाम्रा बालबच्चा बिदेश पढ्ने नाममा जाने र त्यतै हराउने गरेको भन्दै आलोचनात्मक ढंङगवाट शब्दहरु राखेका थिए ।

जेन अल्फाको ब्राण्ड एम्बासडर पे्रन्सा रेग्मीले जेन अल्फाले आफूहरुजस्ता बालबालिकाले मोबाइलबाट खेल्ने मात्र नभएर नयाँ कुरा सिक्ने र बचत गर्ने बानीको विकास गर्न सक्ने बताएकी थिइन ।

पत्रकारहरुले सोधेका प्रश्नमा बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङगानाले उत्तर दिदै यसरी भनेका थिए ।

“नेपाली रुपैयामा खोलिने नबिल जेन अल्फा बचत खातामा १८ वर्ष सम्मका बालबालिकाहरु समाहित हुन सक्नेछन् । नबिल जेन अल्फा मोबाइल एप, प्ले स्टोर (Play store) तथा एप्पल स्टोेर (Play store) बाट डाउनलोड गर्न सकिने उल्लेख गरेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend