जन आकाश
काठमाडौ । मुक्तिनाथ विकास बैंक लि.ले निक्षेपकर्ताहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे र नेपालमै पहिलो पटक सर्वाधिक रु.१ करोड १ लाखसम्मको बीमा सुविधा दिने“मुक्तिनाथ आशिर्वाद बचत खाता” योजना बैकाले सञ्चालनमा ल्याएको छ ।
मुक्तिनाथ आशिर्वाद बचत खाता न्यमि Gold Category मान्यूनतम रु ५०,००० मौज्दात राखेर खाता खोल्नुहुने खातावालाहरुले आफनो लागि रु. २१ लाख र परिवारको २ जना सदस्यहरुको लागि रु ३० लाख गरी कुल रु. ५१ लाख सम्मको बीमा सुविधा पाउनेछन् र विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा समेत छुट प्राप्त गर्न सक्नेछन भनि उल्लेख गरेको छ ।
उक्त् मुक्तिनाथ आशिर्वाद बचत खाता Platinum Category मा न्यूनतम रु १००,००० मौज्दात राखेर खाता खोल्नु हुने खातावालाहरुले आफनो लागि रु. २१ लाख र परिवारको ४ जना सदस्यहरुको लागि रु. ८० लाख गरी कुल रु १ करोड १ लाख सम्मको बीमा सुविधा पाउनेछन् र विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा छुट प्राप्त गर्न सक्नेछन् भनि बैकले ताजा जानकारी गराएको हो ।
बीमा सुविधा अन्तर्गत आवधिक बीमा, दुर्घटना बीमा र १८ वटा घातक रोगको बीमा हुने उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend