जन आकाश
चितवन । मिति २०७९÷०६÷०२ नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र होटल स्टार चितवन प्रा.लि. बिचनारायणी डेभलपमेन्ट बैंक लिमिटेडका बिशेषधिकार कार्ड (privilege Card) होल्डरहरुलाई होटल स्टार चितवनप्रा.लि.ले प्रदानगर्ने सेवा सुबिधामा बिषेश छुट दिने सम्झौता सम्पत्र भएको छ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र होटल स्टार चितवन प्रा.लि.का अध्यक्ष भेषराज दुवाडी ले उक्त छुट सुबिधाको सम्झौतामा हस्ताक्षर गरेका छन् ।
नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका बिशेषधिकार कार्ड (privilege Card) होल्डरहरुले होटल स्टार चितवन प्रा.लि.को सेवा उपयोग गर्दा रुम चार्जमा २० प्रतिशत, खानामा १० प्रतिशत र कार्यक्रम तथा समारोह गर्दा ६ प्रतिशत छुट प्राप्त गर्नेछन ।
बैंकले बिभित्र बचतकर्ताहरु, शेयरधनीहरु लगायत अन्य सरोकारवालाहरुलाई बिभित्र मापदण्डको आधारमा बिशेषधिकार कार्ड (privilege Card) उपलब्ध गराउने र सो कार्डको आधारमा स्टार होटल वाट लिने सेवामा छुट लिन सक्ने छन । उक्त सम्झौतावाट बैंक तथा होटल दुवै पक्षको ब्यावसायिक सम्बन्ध तथा ब्यावसाय सुदृढ हुने बिश्वास बैंकले लिएको उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend