जन आकाश
काठमाडौ । नेपाल क्रेडिट एण्ड कमर्स बैँक (एनसीसी बैँक) र फोन पे बीचदशैँ तिहार लक्षित क्यासब्याक पार्टनरका रुपमा सहकार्य हुने भएको छ ।
एनसीसी बैँकले आफ्ना एनसीसी स्मार्ट मोबाइल एप प्रयोगकर्तालाई पहिलो पटक फोन पे को क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म अथवा बढीमा रु.१०० सम्म क्यासब्याक अफर प्रदान गर्न लागेको हो ।
उक्त अफर अन्तर्गत सहभागिता जनाउनका लागि सामान खरिद वा विभिन्न किसिमको भुक्तानीका लागि सोही एप मार्फत भुक्तानी गरेको हुनु पर्ने नियम हरेको छ ।
दशैँ र तिहार गरी २ पटक यो अफर संचालन हुने उल्लेख छ । दशैँ लक्षित अफर असोज ७ गते देखि असोज १४ गतेसम्म संचालन हुने बैकले उललेख गरेको छ भने तिहारलाई लक्षित गरी कार्तिक २ देखि कार्तिक ६ गते सम्म संचालन हुने छ ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३९ एटिएम सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिक माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको बैकले उल्लेख गर्ने गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend