logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सिभिल बैंकले पशुपति क्षेत्रका बिरुवाको लागि ट्री गार्ड उपलब्ध गरायो


  • जन आकाश
  • बिहिबार, असोज २७ २०७९

 



काठमाडौ । सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत पशुपति क्षेत्रमा रोपिएका बिरुवाहरुको संरक्षणको लागि २०० वटा ट्री–गार्डहरु उपलब्ध गराएको छ । सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिनजङ्ग रायमाझीले उक्त ट्री–गार्डहरुको हस्तान्तरण पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलन कुमार थापालाई गरेका छन् । सिभिल बैंकले पाशुपति क्षेत्रको हरियाली बढाउन गरिएको वृक्षारोपणको सुरक्षाको लागि पशुपति विकास कोषलाई प्रदान गरिएको ट्री–गार्डहरुको मूल्य करिब रू ८ लाख रहेको उल्लेख छ ।

सिभिल बैंकले यस अघि पनि पशुपति क्षेत्रको पार्किंग क्षेत्रमा ३०० वटा ट्री–गार्डहरु सहितको बिरुवाहरु लगाई सो बिरुवाहरुलाई राम्ररी हुर्काउन पाँचवर्ष सम्म लाग्ने सम्पूर्ण खर्चहरु समेत बहन गर्दै आइरहेको छ ।

उक्त कार्यक्रममा सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिनजङ्ग रायमाझी, चिफ डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोला बहादुर विष्ट,संस्थागत निक्षेपका निर्मला कँडेल,पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापा, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा लगायत पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुको उपस्थिति थियो ।

हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्रबिन्दु पाशुपति क्षेत्रको सुन्दरता बढाउनका लागि सानै भएपनि टेवा पु¥याउन पाउँदा आफुलाई खुशी लागेको कुरा सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिनजङ्ग रायमाझीले सम्बोधनका क्रममा बताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend