logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

बैंक अफ काठमाण्डूको चाडवाड लक्षित योजना यस्तो छ


  • जन आकाश
  • मंगलबार, कार्तिक १ २०७९

काठमाडौ । बैंक अफ काठमाण्डू लिमिटेडले तिहारलाई लक्षित गर्दै आफ्ना ग्राहक महानुभावहरुलाई मोबाईल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विधुतिय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले २५ प्रतिशत सम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको छ ।



उक्त नगद फिर्ता योजना यहि २०७९ साल कार्तिक एक गते मंगलबारबाट २०७९ साल कार्तिक ६ गते आइतबारसम्म मात्र रहने छ । यस योजना अन्तर्गत बैंकको मोबाईल बैंकिङ्ग मार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्नुहुने ग्राहक महानुभावहरुले मात्र नगदफिर्ता पाउनुहुनेछ । उक्त नगदफिर्ता योजना अन्र्तगत बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुले नगदफिर्ताको लागि योजना अवधिको प्रथम कारोबार रकमको २५प्रतिशत वा रु. १५० सम्मको नगद फिर्ता पाउनुहुनेछ । बैंकले यस योजनाबाट समग्र विधुतिय कारोबारमा वृद्धि हुने विश्वास लिएको छ ।

यस बैंकले ग्राहक महानुभावहरु तथा शेधरधनी महानुभावहरुको उच्चतम् लाभलाई ध्यानमा राखी विभिन्न समयमा ल्याएको विभिन्न ग्राहक मैत्री योजनाहरु तथा बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट शेयरधनी महानुभावहरुलाई २०.९५प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव ल्याएको महानुभावहरुमा विदितै छ । बैंकले प्रास्तव गरेको उच्चतम् लाभाशंले ग्राहक महानुभावहरु तथा शेयरधनी महानुभावहरुको हितलाई बैंकले सधै आत्मसात गरी कार्यसम्पादन गरीरहेको पुष्टि भएको छ ।

विद्मुतिय कारोबारमा बैंकको ग्राहक महानुभावलाई उत्प्रेरित गर्ने हेतुले बैंकले विभिन्न ईकमर्स प्लेटफर्महरु, विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरुमा छुटहरु प्रदान गरीरहेको र भविष्यमा पनि विभिन्न नगदफिर्ता तथा छुटको योजनाहरु ल्याई ग्राहक महानुभावहरुलाई लाभाम्वित बनाउन बैंक प्रतिवद्ध रहेको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको बैकले जानकाविरी गराउदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend