logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

सनराइज म्युचुअल फन्डलाई धितोपत्र वोर्डद्धारा स्वीकृत


  • जन आकाश
  • बिहिबार, मंसिर २२ २०७९

 



काठमाडौ । सन्राइज बैंक लिमिटेडद्धारा प्रवद्र्धन गरिएको तथा सन्राइज क्यापिटल लिमिटेडद्धारा व्यवस्थापन गरिने सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सन्राइज फोकस्ड इक्विटी फण्ड (Sunrise Focused Equity Fund) योजनालाई मिति २०७९÷०८÷१९ गते नेपाल धितोपत्र बोर्डले स्विकृति प्रदान गरेको छ ।

योजनाको आकार प्रति इकाई मुल्य रु. १० को १२०,०००,००० इकाई गरि जम्मा रु. १,२००,०००,००० को रहेको छ । यो एक बन्दमूखी सामूहिक लगानी कोष योजनाहो । सन्राइज क्यापिटल लिमिटेडले हाल सन्राइज फस्र्ट म्युचुअल फण्ड तथा सन्राइज ब्लूचिप फण्ड गरि दुईवटा बन्दमूखी सामूहिक लगानी कोष योजनाहरु सञ्चालन गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend