जन आकाश
मोहन कार्की ।
नेपालमा यतिवेला देशभरीवाट प्रतिनिधिसभामा प्रत्यक्ष १६५ र समानुपातिक तर्फ ११० जना निर्वाचित भईसकेका छन् ।
यहि समयमा निर्वाचनको परिणाम आउन नपाउदै विभिन्न शक्ति केन्द्रका राजदुतहरुले राजनीतिक भेटघाट थालिसकेको समाचार आईसकेका छन् । जसमा सवैभन्दा अगाडी भारतीय राजदुतले राजनीतिक भेटघाट थालेका छन् ।
उनले नेपालका प्रधानमन्त्रीसँग भेटघाट गरेका छन् । त्यसैगरी अमेरिकी राजदुतले स्वतन्त्र उम्मेद्धारी दियर निर्वाचनमा अत्याधिक मत ल्याई विजयी भएका काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई भेटघाट गरेको सामाजिक सञ्जाल र केही मिडियामा समेत आईसकेको छ । चिनिया राजदुतले पनि भित्री रुपमा बिभिन्न राजनीतिक पार्टीका नेताहरुलाई भेटघाट गरेको सामाजिक सञ्जाल र समाचार आएका छन् । तर चिनिया राजदुतले भेटघाट गरेको सूचना भने पुष्टि भएको छैन ।
नेपाल देश नेपाली जनताको सर्वभौम अधिकार प्रयोग गर्न पाउदैन भन्ने संकेत पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको साचो त अन्तै रहेछ भन्ने सार्वजानिक अभिव्यक्ति दिएका थिय । उनले कुनै आधार भेटे होलान् र त्यो अभिव्यक्ति दिएका होलान् । हो पनि रहेछ भन्ने भाव आवधिक २०७९ मंसिर ४ गते भएको निर्वाचन, निर्वाचनका वेला प्रयोग भएको संयन्त्र, संयन्त्र राज्यको निकायको अङगहरु जस्तै नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, नेपाली सेना, कर्मचरी र पार्टीका कार्यकर्ता तिनै कार्यकर्ता संयन्त्र प्रयोग गरी वलजफ्ती गरिएको निर्वाचन स्वतन्त्र निष्पक्ष नभएको इलाम जिल्लाका उम्मेद्धार तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले समेत आरोप लगाएका छन् । कतिपय पाहाडी जिल्लाहरुमा अत्यन्त न्युन जनसंख्या कुल जनसंख्याको निरन्तर स्थाई बसोवास गर्ने जनसंख्या २० प्रतिशतको हाराहारी मात्र छ ।
निर्वाचनका वेला विदेश वा शहरमा बसोबास गएका मतदाताको नाममा समेत मत अरुले नै जसले हुलहज्जत गर्न सक्यो त्यसैले ति स्थानीय रुपमा बसोबास गर्नेहरुलाई अल्पमतमा पार्नेगरी मत हालेर स्वतन्त्र, निष्पक्ष, निर्वाचनलाई प्रभावित त पारिएकै थियो । जसमा जुनसुकै पार्टीको उम्मेद्धारहोस त्यो विदेशी योजनामा काम गर्ने यस म्यान अर्थात हस बहादुरहरुले जित्ने तर जुनसुकै पार्टीका किन नहुन तर आफ्नौ देश, बनाउन आत्मनिर्भर हुन, योजना पस्कन सक्ने क्षमता राख्ने राष्ट्रवादी, देशभक्त, शिक्षित, जनपक्षिय उम्मेद्धारहरुले काही कतै जितेनन् । त्यहा संघ, संगठनका नाममा विदेशी हुइम मच्चायर संगठन नामको सेन्डिकेट पु¥याइएको थियो ।
अनुहार नेपाली नागरिता नेपाली भएपनि दास मनोबृति भएका विदेशी योजनामा काम गर्ने कतिपय जानेर कतिपय नजानेर त्यो नेपाललाई सिक्किमीकरणको शैलीमा संख्या पु¥याउन सदनमा जान आतुर यसम्यान र हस बहादुरहरुलाई समाजले नचाहेको तर विदेशी शक्तिको आडमा नेपालको राज्य संयन्त्र प्रयोग गरेर जितेकाहरु पुगेका छन् । तिनैलाई संरक्षण गर्न र तिनको बहुमत पु¥यायर नेपालको भविष्य संकटमा पार्नका लागि काम गरिएको रहेछ भन्ने पुष्टि राजदुतहरुको चलखेलले देखाउन थालेको छ ।
त्यसैको परिणाम निर्वाचन नतिजा एकमुष्ठ सार्वजानिक हुन नपाउदै विदेशी शक्ति राष्ट्रहरुको चलखेल तिव्र भएको हो । किनकी त्यहा उनिहरुको लगानी भएको छ । र उनिहरले चाहेका मानिसहरु प्रत्यक्ष पहिलो हुने निर्वाचनमा, समानुपातिक प्रणालीमा सवै क्षेत्रमा बहुमत पु¥यायर नेपाललाई सिक्किम बनाउने खेल, अफगानिस्तान बनाउने खेल खेलिरहेको जस्तो भाव हुनेगरी नेपालमा गतिविधि देखिन थालेका छन् ।
नेपालमा आर्थिक संकटको हल्ला कति वास्ताविकता
नेपालमा झण्डै ६ महिना अगाडी देखि आर्थिक संकटको हल्ला गर्न थालिको थियो त्यो वास्तविकता नभएर नेपालमा विदेशी शक्तिहरुको योजना जव लागु हुन पाउदैन वा नेपाललाई उनिहरुले अनेक खालका यस्ता वेला वेलामा ल्याउने हुइम, हल्ला र उस्तै परे द्धान्द्धमा समेत फसाएर हामीलाई लडाएर स्वार्थ पुर्ति गर्ने गरेका छन् । त्यस्तै नेपालमा ब्यापार, व्यवसाय गर्ने धेरै जति भारतीय मुलमा नागरिकहरुले बन्द, ब्यापार गरिरहेका छन् । उनिहरुको आफ्नो स्वार्थ पुरा गर्न यस्ता हल्ला चलाइएको छ । उनिहरुकै बैक छन् । उनिहरुकै उधोग छन् ।
उनिहरुले नै एउटैले धेरैवटा टे«डिङहरु सञ्चालन गरेका छन् । नेपालको ब्यापार गर्ने नाममा बैकबाट ऋण आफै निकाल्ने र पैशा अरु देशमा लगेर लगानी गर्ने गर्दा पनि समस्या उत्पन्न भएको छ । चुनाव जित्न र सधै सरकारमा रहेर विदेशीलाई खुशी पार्न तिनै व्यापारीहरुसँग अकुत चन्दा लिने र तिनै व्यापारीहरुले चुनाव जितेपछि नेपालको नीतिभन्दा बाहिर गएर काम गर्न तिनै सरकार मातहतमालाई लगाउने गरेरका छन् । यस्ता गतिविधिले नेपाल देशको हित नभएर विस्तारै नेलको अवस्था दिनदिनै अस्तित्व विनि हुन लागेको छ । आर्थिक संकटको हल्लाले कोही कसैले लगानी गर्ने जागर चलाएका छैनन् । लाइन बसेर युवा विदेश गएका छन् । तिनै विदेश पठाइदिन्छु भन्दै कतिपय युवाहरुलाई ठगहरुले ठगेर विचल्ली बनाएका छन् ।
यस्तै यस्तै घटनाहरु देशमा भईरहदा स्वभिमानी नेपालीहरुको उच्च मनोवललाई निरास बनाएको छ । यसले देशमा असल साशनमा समस्या निम्त्याउन सक्छ । सिगो देशको अस्तित्व संकटको महासंकट आउन सक्छ । यसमा बर्तमान सरकारको ध्यान पुग्न सकेको छैन ।
स्थाई सरकार नबन्ने सम्भावन धेरै
नेपालको आवधिक निर्वाचन २०७९ मा अएको मत परिणामले स्थाई सरकार बनाउन सक्ने सम्भावना देखिदैन । किनकी नेपाली काग्रेसले ८९, नेकपा एमाले ७८, नेकपा माओवादी केन्द ३२, एकीकृत समाजवादी १०, लोसपा ४, राष्ट्रिय जनमोर्चा १, जनमत पार्टी ६, स्वतन्त्र ५, नागरिक उन्मुक्ति पार्टी ३, नेमकिपा १,राष्टिय स्वतन्त्र पार्टी २०, जनता समाजवादी १२, राप्रपा १४, रहेको छ । त्यसैले बहुमत कसैले पनि नल्याएको हुनाले स्थाई सरकार नबन्ने देखिन्छ ।
यसले नेपाल अस्थिरतामा रहने त्यसैको फाईदा उठाउन विदेशी शक्तिहरु लाग्ने देखिन्छ । नेपालमा २००७ साल घटाउन बनेका क्रान्ति नामका परिवर्तन पछिनै कोशी सम्झौता, गण्डक सम्झौता, माहाकाली सम्झौताहरु भएका थिए । त्यस्तै अस्थिरता र सदनमा एस म्यान, हस बहादुरहरु पु¥यायर यस्तै समयमा नेपालको अस्तित्वमा धावा बोल्न लागेको जस्तो देखिदै छ ।
त्यसमा पनि त्रिपक्षिय क्रिडास्थल नेपाल बन्न लागेको धेरै बुद्धिजीविले लेखेका लेखमा समेत उल्लेख भईराखेका छन् । यो नेपालको लागि निक्कै डरलाग्दो बिषय हो । जसमा अमेरिका, भारत, चिन नेपालको राजनीतिमा आफु अनुकुलको सरकार बनाउने र योजना लागु गराउने ध्याउन्नमा छन् ।
त्यसैगरी विश्वका अन्य शक्तिहरु पनि बेलाबेलामा लागेकै देखिन्छन् ।
यसरी नेपालको अस्तित्व खतरामा पर्दै गएको वेला नेपालका देशभक्त, राष्ट्रवादी नेपाली जनताले चनाखो भएर बस्नुपर्ने देखिन्छ ।किनकी सदनमा पुगेकाले आधिकारिक रुपमा जे निर्णय ग¥यो त्यो नै राष्ट्रिय नीति र निर्णय बन्ने हुनाले सदन बाहिर जनता चनाखो हुनुपर्छ भने राज्यको महत्व अङगहरुलाई जनताले नै सुसुचित गरिराख्ने र राष्ट्रलाई खतरा आउन लागेको महसुस हुने वित्तिक्कै नेपालीको नालापानी र कालापानीको ईतिहास बिउझाउदै आफ्नो देशको सर्वाभौमसत्ताको रक्षा गर्नु सवै नेपालीहरुको कत्व्य हो । नेपाल देशको चावी नेपालीले नेपाली पनको बनाउन सवै चेत भएका नेपाली एक हौ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend