जन आकाश
काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले वर्तमान सरकार वास्तविक उपलब्धिभन्दा प्रचारबाजीमा केन्द्रित भएको आरोप लगाएका छन्।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै राईले सरकारको कामको मूल्याङ्कन सामाजिक सञ्जालको लोकप्रियताका आधारमा नभई वास्तविक उपलब्धि र परिणामका आधारमा गर्नुपर्ने बताए।
उनले नेपालले सबै छिमेकी तथा अन्य राष्ट्रसँग सन्तुलित र मैत्रीपूर्ण सम्बन्ध कायम गर्नुपर्ने उल्लेख गर्दै राष्ट्रिय सार्वभौमिकतामा कुनै सम्झौता गर्न नहुने धारणा राखे। प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सीमासम्बन्धी अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै उनले राष्ट्रिय हितका विषयमा संसद्मा प्रश्न उठाउने बताए।
राईले सामाजिक सञ्जालमार्फत फरक मत राख्ने व्यक्तिको चरित्रहत्या गर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै युवालाई दलगत अन्धभक्तिभन्दा माथि उठेर राष्ट्रिय हितका पक्षमा उभिन आग्रह गरे।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend