जन आकाश
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएयता ४ सचिवसहित ४६४ जना निजामती कर्मचारीले राजीनामा दिएका छन्।
राष्ट्रिय किताबखाना (निजामती)का अनुसार राजीनामा दिनेमा २०७ जना राजपत्राङ्कित र २५७ जना राजपत्र अनङ्कित कर्मचारी छन्। राजपत्राङ्किततर्फ ४ सचिव, ३३ सहसचिव, ७२ उपसचिव र ९८ शाखा अधिकृत रहेका छन्।
त्यस्तै, १३७ जना खरिदार तथा नायब सुब्बा तहका र १२० जना श्रेणीविहीन कर्मचारीले राजीनामा दिएका छन्। किताबखानाका अनुसार सबैको राजीनामा सरकारले स्वीकृत गरिसकेको छ।
सरकारले संसद्मा दर्ता गरेको निजामती कर्मचारी विधेयकमा सेवा अवधि ३० वर्ष पुगेका वा ५५ वर्ष उमेर पूरा गरेका कर्मचारीले राजीनामा दिनुपर्ने व्यवस्था प्रस्ताव गरेपछि राजीनामा दिने क्रम बढेको बताइएको छ। यद्यपि, राजीनामा पत्रमा कर्मचारीहरूले घरायसी कारण उल्लेख गरेको किताबखानाले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend