जन आकाश
जनकपुरधाम । ‘समृद्धिको लागीसिभिल बैंक’भन्ने नाराका साथ अगाडि बढेको सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’गो–क्यासलेस अभियानको थालनी गरेको छ । जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको बैकले उल्लेख गरेको छ ।
कार्यक्रममा बिशेष अतिथिको रूपमा नेपाल राष्ट्र बैंक, जनकपुरका निर्देशक निरा ताल्चा भडँेल हुनुहुन्थ्यो भने अन्य अतिथीहरुमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, धनुषाका तर्फबाट सहायक प्रहरी निरीक्षक प्रकाश पाण्डेय, फोन–पेका मधेश प्रदेश प्रमुख पशुपति मिश्रा, सिभिल बैंकका मधेश प्रदेश प्रमुख विश्वासराज अर्याल लगायत बुद्धिजीवीहरू, टेम्पु व्यवसायीहरु र विभिन्न कलेजका विद्यार्थीहरूहरुको बाक्लो उपस्थिति रहेको बैकाले उल्लेख गरेको छ ।
प्रमुख अतिथित थाजनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहद्वारा टेम्पो व्यवसायी नारायण मण्डललाई क्यू आर कोड हस्तान्तरण गरी सो अभियानको थालनी गरिएको उल्लेख छ ।
डिजिटल इको सिस्टमको अवधारणा स्वरूप दैनिक जीवनमा गर्ने साना साना खर्चहरु जस्तै टेम्पो भाडा, मन्दिरमा भेटि, पानी पुरी, जुत्तामर्मत, सरसामग्री आदि खरिद, शौचालयको शुल्कको भुक्तानी देखि ठूला खर्चहरुको भुक्तानी जस्तै सभाहलको भाडा तथा सबै प्रबन्धहरुको भुक्तानी क्यू आर कोडबाट नै गरिएको थियो ।
नेपाल राष्ट्र बैंकको विद्युतीय माध्यम मार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीति बमोजिम डिजिटल इको सिस्टमको अवधारणालाई टेवा पुर्याउने हेतुले उत्त mकार्यक्रममा क्यू आर कोड सम्बन्धी प्रस्तुति गरिएको थियो र त्यसका साथ साथै ट्राफिक जनचेतना बढाउनको लागिपनि प्रस्तुति गरिएको बैकले जनाएको छ ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहले सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियानको सुरुवात गर्न पाउँदा आफू खुसी भएको र नगद रहित समाज आजको आवश्यकता भएकोे र नोट छाप्नका लागी विदेशिने ठूलो धन राशिको संचय हुने कुरा पनि भन्नु भयो ।
‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियानलाई साकार गर्ने हो भने डिजीटल इको सिस्टम कै विकास गर्नू पर्ने कुरामा जोड दिई जसरी यस कार्यक्रमको एउटा अंशमा दैनिक जीवन यापन गर्दा उपभोग गर्दै आएको पानी पूरी देखि जुत्ता मर्मत सम्म, टेम्पो सवारी देखि मन्दिरको भेटी सम्म तथा शौचालयको शूल्क समेतका कारोबारहरु डिजीटल रूपमाक्यू आर कोड मार्फत भुक्तानी गर्याैं त्यसरी नै डिजीटल इको सिस्टमको विकास गर्न सकिएमा समग्र जनकपुर डिजिटलमा जाने कुरामा दुईमत नभएको कुरा सिभिल बैंकका चिफ बिजिनेस भोलाबहादुर विष्टले भन्नु भयो ।
सिभिल बैंकले २०१९ अगस्ट देखि नै सुरु गरेको नगद रहित अभियान अहिले देशको दुर्गम भन्दा दुर्गम स्थान देखि देशका प्रमुख सहरहरुमा सम्म गरी एक चालीस हजार भन्दा बढी क्यू आर मर्चेन्टहरुलाई आवद्ध गरी सकेको कुरा पनि वैंकले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend