logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

कामना सेवा विकास बैंकद्वारा एससीटी–युपीआई डेबिट कार्ड (SCT-UPI Debit Card) जारी


  • जन आकाश
  • आइतबार, पुष ३ २०७९

 



काठमाडौँ । समय सापेक्ष ग्राहक महानुभावहरुको चाहना अनुसार नवीनतम प्रविधि मार्फत सेवाहरु प्रवाह गर्दै आएको कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा प¥याउने उद्देश्यका साथ एससीटी–युपीआई डेबिट कार्ड (SCT-UPI Debit Card) सेवा शुभारम्भ गरेको छ ।

बैंकले मिति २०७९ साल पौस ०१ गते शुक्रबारबाट औपचारिक रुपमा एससीटी–युपीआई
डेबिट कार्ड (SCT-UPI Debit Card) सेवा सुचारु गरेको हो ।

बैंकका नायव महाप्रबन्धक लाल बहादुर थिङ्ग र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका
प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुज्यूले संयुक्त रुपमा एससीटी–युपीआई डेबिट
कार्ड सेवाको अनावरण गरि सेवा शुभारम्भ गर्नु भएको थियो । कार्यक्रममा बैंकका प्रमुख
सञ्चालन अधिकृत बिकाश ढुङ्गाना उच्च पदस्थ कर्मचारीहरूका साथै संचारकर्मीहरूको
उपस्थिती रहेको थियो ।

यस पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच
एससीटी–युपीआई डेबिट कार्ड प्रयोगको क्षेत्रमा सहकार्य भएको छ । बैंकले आफ्ना ग्राहक
महानुभावहरुलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान
गर्न सहजता प्राप्त गर्ने छ ।

साथै, SCT सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र ATM, PoSk जस्ता सेवा
सजिलै लिन सक्ने सुविधा प्राप्त हुने बैंकले जनाएको छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend