जन आकाश
काठमाडौँ – २०७९ साल पौष ४ सोमबार आइएमई र नेपाल एसबीआई बैंकवीच सम्झौता
भएको छ ।
सम्झौता अनुसार आइएमईका जुनसुकै शाखा संजालन मार्फत पठाइएको पैसा नेपाल
एसबीआई बैंकका जुनकुनै शाखाहरूबाट भुक्तानी लिन सकिनेछ ।
सोमबार राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच उक्त सम्झौता सम्पन्न
भएको थियो ।
सम्झौता पत्रमा आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र बैंकका
तर्फबाट प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल,
नेपाल एसबीआई बैंकका प्रबन्ध संचालक एवम् प्रमुख कार्यकारी अधिकृत दीपक कुमार प्रमुख
संचालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख व्यवसाय विकास अधिकृत रितेश अर्याल लगायत दुवै
संस्थाका उच्चप दस्थ कर्मचारी हरूको सहभागिता रहेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend