logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

बैंकिङ क्षेत्रमा डिजटल युगको शुरुवात, नेपालमै पहिलो पटक नबिलले शुरू गदै एनबैंक


  • जन आकाश
  • शुक्रबार, पुष ८ २०७९

 



काठमाडौं नबिल बैंक लिमिटेडले नेपालमा नै पहिलो पटक एनबैंक (नियो बैंक) सञ्चालमा ल्याइएको छ ।
नबिल बैंकले बिहीबार (आज) भर्चुअल कार्यक्रम गरी एन बैंक (नियो बैंक) को शुभारम्भ गरेको हो ।

बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्याल, उपाध्यक् षनि र्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द् रप्रसाद ढुंगाना र एनबैंक एण्ड अपरेसनका नायव प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मीले संयुक्त रूपमा एनबैंकको शुभारम्भ गरेसँगै नबिल बैंक कम्प्युटराइज्ड बैंकबाट डिजिटल बैंकमा परिणत भएको छ ।

मोबाइल बैंकिङ एपलाई पूर्ण रुपमा परिमार्जन गरीे एनबैंकको शुभारम्भ गरेर नबिल डिजिटल बैंकिङको नेतृत्व गर्न सफल पहिलो बैंक भएको छ ।

नबिल बैंकले एनबैंकलाई एक छुट्टै भर्चुअल शाखाको रूपमा स्थापना गरेको हो ।
नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले एनबैंकले जनताको बैंकिङ व्यवहारमा परिवर्तन ल्याउने र दीगो बैंकिङमा महत्वपूर्ण योगदान पु¥याउने बताए ।

शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष चौधरीले भने, ‘एन बैंकको शुभारम्भ सँगै अब बैंकिङ क्षेत्रमा ‘परिवर्तन’को नेतृत्व नबिल बैंकले गर्नेछ ।

ग्राहकहरूले जुनसुकै समय र स्थानबाट पनि डिजिटल बैंकिङ सेवाहरू प्राप्त गर्न सक्ने यो नवीन प्रविधिले बैंकिङमा नयाँ तरङ्ग ल्याएको छ ।

उपभोक्ताले विश्वस्नीयता र व्यक्तिगत अनुभव द्वारा मूल्याङ्कन गर्ने बताउँदै उनले भने एनबैंक कुनै पनि भौतिक शाखा विनाको निजीकृत भर्चुअल बैंकिङ हो ।

बैंकका अनुसार ग्राहकले आफ्नो साथमा रहने मोबाइल फोनको सहायताले एनबैंकको उपयोग मार्फत् खाता खोल्ने, निक्षेप, ऋण, भुक्तानी जस्ता सबै परम्परागत बैंकिङ सेवाहरू सजिलैसँग लिन सक्नेछन् ।

एनबैंकले समय र लागतमा ठूलो बचत हुने बताउँदै उपाध्यक्ष चौधरीले अबको बैंकिङ भविष्य डिजिटल बैंक नै रहेको स्पष्ट गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द् रप्रसाद ढुंगानाले डिजिटल बैंकको नेतृत्व गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।

‘एनबैंकको औपचारिक शुभारम्भ भएको घोषणा गर्न पाउँदा म हर्षित छु । हामीले सबै डाटा माइग्रेसन र प्रणाली अपग्रेड पूरा गरेका छौं र आज नबिल स्मार्ट बैंक एप उत्कृष्ट बैंकिङ अनुभवको लागि एनबैंकमा परिणत भएको छ ।

अनलाइन बैंकिङ रोज्ने ग्राहकलाई एनबैंकले आफ्नो खाता खोल्ने देखि डिजिटल ऋण प्राप्तगर्ने सम्मका सेवा दिने उनले बताए ।

नबिल बैंकका डिसिइओ विनयकुमार रेग्मीले नेपाली बैंकिङ उद्योग मानवयुगको सुरुवात भएको बताए ।

आज पूर्ण तया डिजिटल बैंक, एनबैंक शुभारम्भ गरेर नेपाली बैंकिङ उद्योग मानवयुगको सुरुवात भएको छ ।

रेग्मीले भने, नबिल बैंकले डिजिटल प्रविधिमा अगुवाई गरिरहेको छ, हामीले डिजिटल उत्पादन र सेवाहरू सिर्जना गरेका छौं जसले तपाईंको बैंकिङ सेवालिने तरिकालाई पूर्ण रूपमा परिवर्तन गर्नेछ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend