logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकले बिहीबार साधारणसभा गर्दै


  • जन आकाश
  • बुधबार, पुष १३ २०७९

 



काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकको साधारणसभा बिहीबा हुँदै छ । प्रभु बैंकले २१औं वार्षिक साधारणसभा केन्द्रीय कार्यालय बबरमहलमा गर्ने भएको छ ।

साधारण सभाले ६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसैगरी सभाले प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १ गते बुक क्लोज गरिसकेको छ । यस बुक क्लोजको आधारमा मङ्सिर २९ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

त्यसैगरी सेञ्चुरी कमर्सियल बैंकले आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ९ बजे सभा शुरू गर्ने जानकारी दिएको छ । साधारण सभाले ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले बैंकलाई प्रभु बैंकले प्राप्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ४ गते बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा पुस ३ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend