जन आकाश
ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको एकाइ स्तरमा हुने १९ औं वार्षिक साधारण सभा शनिवार हुने भएको छ, । प्रदेश अन्तर्गत एकाइहरूमा हुने साधारण सभाको पूर्वसंध्यामा बिहीबार बैंकले पत्रकार सम्मेलन गरी साधारण सभाको सम्पूर्ण तयारी पुरा भएको भन्दै पुस १६ हुने प्रदेश स्तरको एकाइहरूमा र पुस १८ गते एकाइ बैठकका प्रतिनिधिहरूले निर्णय प्रमाणित गर्ने सभाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।
बैंकको विनियम तथा आन्तरिक कार्यविधिहरू एवम् अन्य प्रचलित कानुनी व्यवस्थाहरू समेतको पूर्ण रूपमा पालना गर्दै बैंक सञ्चालक समितिको मिति २०७९ मंसिर ९ गते बसेको बैठकको निर्णय अनुसार साधारण सभा गर्ने निर्णय गरेको थियो ।
साधारण सभा सात वटै प्रदेशहरूमा एकै दिन सहकारी संघ÷संस्थाका प्रतिनिधिहरूको भौतिक उपस्थितिमा हुने बैंकका अध्यक्ष के.बी उप्रेतीले जानकारी दिनु भयो, “उहाँले गत वर्षको साधारणसभाहरु एकाइगत रूपमा छुट्टा–छुट्टै मितिमा हुने गरेको भन्दै यो पटक एकै दिन गर्न लागेको भन्दै धेरै भन्दा धेरै प्रतिनिधिहरूको सहभागिता रहने बताउनु भयो”।
१९ औं वार्षिक साधारण सभा ईकाइ स्तरको मिति २०७९ पुस १६ गते प्रदेश नम्बर–१, को सम्पूर्ण जिल्लाहरूको लागि अतिथि सदन विराटनगर मोरङमा, मधेस प्रदेशका सम्पूर्ण जिल्लाहरूको लागि धर्म संस्था व्याहुत कलवार चौरासी जनकपुरमा, बागमती प्रदेशको सम्पूर्ण जिल्लाहरूको लागि स्काई दरबार बैंकेक सिंहदरबार काठमाडौंमा, गण्डकी प्रदेशका सम्पूर्ण जिल्लाहरूको पोखरा सभागृहमा, लुम्बिनी प्रदेशका सम्पूर्ण जिल्लाहरूको दरबार लन रुपन्देहीमा, कर्णाली प्रदेशका सम्पूर्ण जिल्लाहरूको शुभ होटेल सुर्खेतमा र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जिल्लाहरूको ओम प्यालेस धनगढीमा बिहान ८ बजेदेखि हुने जानकारी दिइएको छ । ईकाइ साधारण सभाबाट छनौट भएका प्रतिनिधिहरूको निर्णय प्रमाणित गर्ने (केन्द्रीय) सभा पुस १८ गते काठमाडौंमा हुने बैंकका अध्यक्ष उप्रेतीले जानकारी दिनु भयो ।
साधारण सभाबाट आगामी ४ वर्षे कार्यकालको लागि नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चयन हुने छन् । साधारण सभामा सञ्चालक समितिको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७९÷०८० को प्रस्तावित बजेट तथा कार्यक्रम, लाभांश वितरण, कार्यविधिहरू संशोधन, साधारण सभाको एकाइ (स्थानीय) बैठकको निर्णय प्रमाणित गर्ने प्रतिनिधि तथा साधारण सभा (केन्द्रको) निर्णय प्रमाणित गर्न पठाउनु पर्ने ईकाइ प्रतिनिधिहरूको चयन गर्ने लगायतका कार्यसूचीहरू रहेका छन् ।
साधारण सभामा प्रदेश नम्बर–१, मा २,५५२, मधेश प्रदेशमा २०३९, बागमतीमा ६,५०७, गण्डकी प्रदेशमा १,५३५, कर्णालीमा ७४८ र सुदूरपश्चिम प्रदेशमा ५०४ गरी १५,७२७ सहकारी संघ–संस्थाका प्रतिनिधिहरु सहभागि हुने बैंकले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend