logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

प्रभु बैंक लिमिटेडको २१औं वार्षिक साधारण सभा सम्पन्न


  • जन आकाश
  • शनिबार, पुष १६ २०७९

 



काठमाडौ । मिति २०७९/०९/१४गते बिहिबार प्रभु बैंक लिमिटेडको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौला को अध्यक्षतामा काठमाण्डौ, बबरमहलस्थित बैंकको प्रधान कार्र्यालयमा बसेको बैंकको २१औं वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व.०७८/०७९को वासलात,नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ । बैंकको २१औं वार्षिक साधारण सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आ.व. २०७८/०७९ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको उल्लेख गरेको छ ।

सम्पन्न बैंकको २१ औं वार्षिक साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सामान्य तथा विशेष प्रस्तावहरु पारित गर्दै बैंकले गत आ.व. २०७८/७९ को मुनाफाबाट गत आ.व. २०७८/०७९आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको ६.५० प्रतिशत बोनश शेयर र बोनश शेयर र नगद लाभांसमा लाग्ने कर समेतका लागि १.५० प्रतिशत नगद लाभांश समेत वितरण गर्ने निर्णय पारित गरेको उल्लेख छ ।

वार्षिक साधारण सभाले सेञ्चुरी कमर्सियल बैंक लि. को १०० कित्ता शेयर बराबर प्रभु बैंक लि. को १०० कित्ता शेयर प्रदान गर्ने ९क्जबचभक्धबउ च्बतष्य० गरी सेञ्चुरी कमर्सियल बैंक लि. लाई प्राप्ती (एक्विजिशन) गर्ने संयुक्त मर्जर समितिले गरेको अन्तिम सम्झौतालाई सर्वसम्मतीबाट पारित/अनुमोदन गरेको छ । आज सम्पन्न वार्षिक साधारण सभाले बैंकको अधिकृत पूँजी वृद्धि गरी २४ अर्र्ब रुपैयाँ कायम गर्ने निर्णय गरेको छ । आज सम्पन्न वार्षिक साधारण सभाबाट पारित निर्णय अनुसार बैंकको प्रबन्ध–पत्र तथा नियमावलीमाआवश्यक संशोधन गर्ने क्रममा सम्बन्धित नियमनकारी निकायहरुबाट कुनै निर्देशन, सुझाव प्राप्त भएमा सो को आधारमा आवश्यक परिमार्जन गर्न तथा सेञ्चुरी कमर्सियल बैंक लि. लाई प्राप्ती (एक्विजिशन)गर्ने सम्बन्धमा अन्य आवश्यक सबै कार्य गर्न बैंकको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पारित गरेको छ ।

सम्पन्न बैंकको २१ औं वार्षिक साधारण सभाले ६.५० प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय पारित गरे पश्चात् बैंकको चुक्ता पूँजी रु. १३ अर्ब ५३ करोड ४७ लाख ६९ हजार ९ सय ४६ रुपैयाँ पुगेको छ । प्रभु बैंकले देशका विभिन्न स्थानमा शाखा रहित बैंकिङ्ग सेवा, ६३ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १९४ वटा एटिएम तथा २१७ वटा शाखा कार्यालयहरु सहित देशभर पैmलिएको आप्mनो बैंकिङ्ग सञ्जालको माध्यमबाट १९ लाख भन्दा बढि ग्राहकहरुलाई प्रत्यक्ष अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको बैकले उल्लेख गदै आएको छ ।

बैंकको २१औं वार्षिक साधारण सभाको अवसरमा प्रभु बैंकको उत्तरोत्तर उन्नती प्रगतिको शुभेच्छा प्रकट गर्नुहुने समस्त शुभेच्छुकहरु, बैंकको व्यवसायिक वृद्धिमा यथेष्ठ साथ र सहयोग प्रदान गर्नुहुने ग्राहकवर्ग, नियामकीय निकायहरु,शेयरधनी महानुभावहरु लगायत सम्बन्धित सबैमा प्रभु बैंक लि. को तर्पmबाट हार्दिक, हार्हिक धन्यवाद व्यक्त गर्दछौं भनि धन्यवाद समेत दिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend