logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

निशानको १०औ बार्षिक साधारणसभा तथा चौथो अधिबेशन सम्पन्न


  • जन आकाश
  • आइतबार, पुष १७ २०७९

रामेछाप । निशान बचत तथा ऋण सहकारी सस्थाको १० औ साधरणसभा र चौथो अधिवेशन सम्पन्न भएको छ । उक्त कार्यक्रम घनमाया श्रेष्ठको अध्यक्षतामा र प्रमुख अतिथि रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपाने, त्यसैगरी बिशिष्ठ अतिथि मा उप प्रमुख बाल कुमारी कार्की, नि,प्रमुख प्रशासकीय अधिकृत नबराज बडु, जिल्ला सहकारी सँघका सचिव नवीन के,सी,अतिथिहरुमा रा,न,पा,वडा न (८ का अध्यक्ष सन्तोष कुमार तामाङ,वडा न ७ का अध्यक्ष समीर कार्की,शेयर सदस्य तथा कार्यपालिका सदस्य रुकुम हायु,शेयर सदस्य तथा वडा समिति सदस्य खड्ग बहादुर मगर ,शेयर सदस्य तथा वडा न ७ वडा समिति सदस्य महेन्द्र बहादुर मगर निर्वाचन उप समिति सयोजक नारायण सुवेदी,निर्वाचन उपसमिति सदस्य मेघ प्रसाद भट्टराई,नगर उद्योग बाणिज्य सघ रामेछापका अध्यक्ष शम्भु कुमार श्रेष्ठ,नेपाल पत्रकार महासघ जिल्ला शाखा रामेछापका अध्यक्ष बद्री नयाँ घरे,हजुरको रेडियो बाट निरु थापा ,केवलेश्वर वचत साकोषका अध्यक्ष देव बहादुर श्रेष्ठ,समाज सेवा जागृति महिला साकोष रामेछाप बाट उपाध्यक्ष साबित्रा कार्की,जुनार जुनेली बचत साकोषका अध्यक्ष उमेश बिक्रम थापा,राष्ट्र सेवक कर्मचारी साकोषका सचिव दिपक कुमार श्रेष्ठ,साहारा बचत साकोष बाट सन्देश शाहि लगायतको बाक्लो उपस्थिति रहेको थियो ।



सस्थाका ६७६ जना सदस्यहरु मध्येबाट अधिक उपस्थिति भयका शेयर सदस्यहरुको उपस्थितमा भब्य कार्यक्रम कार्यक्रम भएको थियो । सहजिकरण तथा उदघोषण ब्यबस्थापक लक्ष्मण श्रेष्ठ र ऋण समितिका सदस्य अपना श्रेष्ठ द्वयले गर्नु भयको थियो ।

सोही कार्यक्रमको अवसर पारेर सस्थाका आवद्ध भएका मृतक शेयर सदस्य १० जनालाई हार्दिक श्रद्धाञ्जली दिनुका साथै १ मिनेट मौन धारण गरिएको थियो ।

त्यसैगरी जेष्ठ नागरिक सम्मान १६ जनालाई रु ५०० नगद प्रदान गरियको थियो ।बाल बचतबाट शेयर सदस्य हुने सदस्यहरुलाई सम्मान १५ जनालाई मायाको चिनो कप प्रमुख अतिथिको हातवाट वितरण गरिएको थियो ।

कार्यक्रमलाई भव्य बनाउन नृत्य सहितको सहकारी सम्बन्धि गित प्रस्तुत बाल कलाकार र शेयर सदस्यहरुबाट प्रस्तुत भएको थियो ।

शेयर सदस्यहरु विभिन्न बिधातामा रहेका ८ जनालाई सम्मान,हाकाहाकी क्वीज, सहकारी सम्बन्धि कार्यक्रम सचालन भएको थियो ।

कार्यक्रममा बार्षिक प्रतिवेदन सचिब सुजन घिमिरेले बाचन गर्नुभएको थियो । त्यसैगरी आर्थिक प्रतिबेदन कोषाध्यक्ष अमित कुमार तामाङले बाचन गर्नुभएको थियो ।

निर्वाचन समिति नारायण सुबेदी तथा मेघ प्रसाद भट्टराई नियुक्त गरी निर्वाचन प्रणाली को बारेमा जानकारी र निर्वाचित सचालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुको नामावली घोषणा गरियको थियो ।
चौथो अधिवेशनवाट नयाँ कार्यसमिति पनि चयन भएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend