जन आकाश
काठमाडौ । लक्ष्मी बैंकले आफ्नो २० औं वार्षिकोत्सवको प्रतिबद्धता स्वरुप काठमाडौं विश्वविद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग वा गणित ९क्त्भ्ः० विषयमा स्नातकोत्तर वा विद्या वारिधि अध्ययन गर्न चाहने महिलालाई छात्रवृत्ति प्रदान गर्न काठमाडौं विश्व विद्यालयसँग समझदारी गरेको छ ।
सो सम्बन्धी समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा काठमाडौं विश्व विद्यालय इन्डेमेन्ट ड्राइभ समितिका संयोजक प्रा. डा. विपिन अधिकारीले हस्ताक्षर गर्नुभएको छ ।
उक्त छात्रवृत्ति मार्फत लक्ष्मी बैंकले आर्थिक रुपमा विपन्न तथा जेहेन्दार महिला विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहयोग गर्नेछ । छात्रवृत्ति पाउन योग्य विद्यार्थीको छनौट सम्बन्धी प्रकृया काठमाडौं विश्व विद्यालयकै मातहतमा हुनेछ भने बैंकले छात्रवृत्तिका लागि आर्थिक सहयोग प्रदान गर्ने तथा त्यसको प्रवद्र्वन गर्ने गरी सम्झौता भएको छ ।
छात्रवृत्ति कार्यक्रम सञ्चालनका लागि बैंकले रु १ करोड बराबरको अक्षय कोषको स्थापना गर्नेछ । सो कोषमा प्राप्त हुने ब्याजको ५० प्रतिशत रकम कोषमै थप हुने र बाँकी ५० प्रतिशत रकम विद्यार्थीको अध्ययन सम्बन्धी खर्च व्यहोर्न प्रयोग हुनेछ ।
लक्ष्मी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तर दायित्व रणनीति अन्तर्गतको प्रमुख प्राथमिकतामा रहेको लैंगिक समानताको उत्थानका लागि छात्रवृत्ति कार्यक्रमको माध्यमबाट योगदान पु¥याउँदै महिलाहरुले फरक पृष्ठभुमिको बावजुत उपयोग्य तथा आफ्नो छनौटको पेशा अवलम्बन गर्न आवश्यक सहायता, आत्म विश्वास तथा दक्षता प्राप्त गरी समतामूलक समाज निर्माणमा सहयोग पुग्ने विश्वास लिएको छ ।
समृद्ध नेपाल निर्माणका लागि आधाभन्दा बढी जनसंख्या ओगट्ने महिला वर्गको सशक्तिकरण अत्यावश्यक रहेको बैंकको धारणा रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend