जन आकाश
काठमाडौ । मुक्तिनाथ विकास बैंक प्रा. लि ले १६ औं वर्ष सफलता पुर्वक पुरा गरी १७ औं वर्षमा प्रवेश गरेसँगै दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै प्रोफेसर एंवम डाक्टर भगवान कोईरालाको अध्यक्षतामा संचालितगैर नाफामुलक संस्था Kathmandu Institute of Child Health संग एक औपचारिक कार्यक्रमबीच सम्झौता गरेको छ ।
बैंकको तर्फबाट अध्यक्ष भरत राज ढकाल र संस्थाको तर्फबाट प्रोफेसर डा. भगवान कोईरालाले हस्ताक्षर गर्नु भएको उक्त सम्झौता बमोजिम झापा जिल्ला दमक स्थित निर्माणाधिन बाल अस्पताल निर्माणको लागि बैंकले रु ५ लाख सहयोग गर्नेछ ।
बैंकले गरेको यस सहयोगबाट बालबालिकाको स्वस्थ्य उपचारमा आवश्यक पर्ने पुर्वाधार बन्ने तथा उपचारमा सहजता हुने विश्वास लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बताउनु भएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुनसुकै बैंकको ATM Machine बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend