logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

नबिललबैंकको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न


  • जन आकाश
  • शुक्रबार, पुष २९ २०७९

 



काठमाडौंः नबिल बैंक लिमिटेडको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न साधरण सभाले आफ्ना शेयरधनीलाई कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले बैंकको सञ्चालक समितिले सिफारिस गरेअनुसार र नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार आ.व. २०७८/७९ सम्मको सञ्चित मुनाफा तथा अन्य वितरण योग्य कोषबाट शेयरधनीलाई १८.५ प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

३८ वर्ष देखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको नबिल बैंकले यस वर्ष पनि ‘क’वर्गको बैंकहरु मध्ये उच्चतम लाभांश दिँदै नेपालको अग्रणी वाणिज्य बैंकको पहिचानलाई निरन्तरता दिन सफल भएको बैकले उल्लेख गरेको छ ।

साधरणसभाले संस्थापक शेयरधनी समूहतर्फका ३ पदको लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलय मुखर्जी र ए.आर.एम. नजमुस शकिबलाई सञ्चालकमा निर्वाचित गरेको बैकाले जारी गरेको सार्वजानिक नोटमा उल्लेख छ ।

नबिल बैंक आ.व. २०७८/७९ मानिजी क्षेत्रका बैंकहरु मध्ये उच्चतम मुनाफारु. ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ हासिल गर्न सफल भएको बैंक हो । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको चुक्तापूँजी यस वर्ष रु.२७ अर्ब नाघेको छ ।

नबिल बैंकले नेपालको बैंकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिहरूलाई गतिशीलता प्रदान गर्न, रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न सफल भएको सभाका अध्यक्ष पौड्यालले बताए ।

उनले बैंकको संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेर काम गरेको बताउँदै आगामी दिनमा निरन्तरता दिने प्रतिवद्धता गरे । बैंकले स्थापना कालदेखि हालसम्मरु. १९ अर्ब भन्दा बढी रकम करको रूपमा देशको राजश्वमा योगदान गरिसकेको बैकाको भनाई छ ।

नबिल बैंकले २४० वटा शाखाहरू, २७५ वटा एटिएम र ८ वटा रेमिट एजेन्टहरूका साथमा देशव्यापी रूपमा र विश्वभर धेरै एजेन्टहरू मार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकार वालाहरूसँगै अघि बढ्ने विश्वास राखेको बैकको भनाई छ । बैंकको साधारण सभा समयमै सम्पन्न गर्न सहयोगी भूमिका खेल्ने शेयरधनी तथा सम्वद्ध सबै निकायहरू प्रति सभाबाट आभार प्रकट गरिएको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend