जन आकाश
मोहन कार्की ।
काठमाडौ । नेपालमा नयाँ संविधान जारी भईसकेपछि तेस्रो राष्ट्रपतिको लागि प्रतिस्पर्धा हुने भएको छ । यतिखेर को राष्ट्रपति बन्ला भनेर धेरै तिर कौतुहलता छ । तर पार्टीका तर्फवाट सिफारिस भएका व्याक्तिहरुनै राष्ट्रपति भएका छन् । यो भन्दा अगाडी नेपाली काँग्रेसवाट सिफारिस भएका प्रथम राष्ट्रपति डा. रामवरण यादव भएका थिए । एमालेवाट सिफारिस भएकी दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी भएकी थिइन । नेपालमा संघिय व्यवस्था लागु भएपछि भएको दोस्रो आवद्यिक निर्वाचन पश्चात त्यसैगरी राष्ट्रपतिको निर्वाचन हुन लागेको हो । यहि फागुन २८ गते वर्तमान राष्ट्रपति बिद्यादेवी भण्डारीको कार्यकाल समाप्त हुदैछ । यो कार्यकाल समाप्त हुुनुभन्दा एक महिना अगाडी राष्ट्रपतिको निर्वाचन गरिसक्नुपर्ने कनुनी व्यवस्था रहेको छ ।
अहिलेको सरकारपक्ष एमालेवाट राष्ट्रपतिको उम्मेद्धार उठाउने तयारी भईसकेको सरकार पक्षका सुप्रीमो केपी शर्मा ओलीले सार्वजनिक अभिव्यक्तिमा नै बताईसकेका छन् । संख्यात्मक रुपमा सरकार पक्षका दलहरुको मतसंख्या हेर्दा सरकारमा साझेदार रहेका दलहरु मध्यवाट उठाउने ब्याक्ति नै राष्ट्रपति निर्वाचनमा विजयी हाशिल गर्ने देखिन्छ ।
सत्ता साझेदार पार्टीहरुले भागबण्डाको आधारमा सभामुख एमालेवाट देवराज घिमिरे, उपसभामुखमा स्वतन्त्र पार्टीकी ईन्दिरा राणा मगर सरकार पक्षका उम्मेद्धारी दिई प्रतिस्पर्धी दल नेपाली काग्रेसका उम्मेद्धारहरुलाई सजिलै पराजित गरेका छन् । दुवै विजयी देवराज र ईन्दिरा रानामगरले पराजित उम्मेद्धारलाई ७०÷८० मतको फरक हुदै आएको छ । यो आधार हेर्दा पनि सरकारमा सहभागी दलहरुको संख्या सदनमा राष्ट्रपति पनि सजिलै सरकार पक्षका दलहरुले उठाएकै व्याक्तिले जित्ने सम्भावना छ ।
तर राष्ट्रपति निर्वाचनमा भने राष्ट्रियसभा सदस्यहरु सवैको मतभार गणना हुने गर्छ त्यसो हुदा सभामुख र उपसभामुख जस्तो निर्वाचन एकै खालको नहुने हुदा आकलन गरिए जस्तो मतान्तरण फरक नपर्ने एक राजनीतिक बिश्लेषक भनाई छ । तर पनि नेपाली काँग्रेसको सिफारिसमा उम्मेद्धारी दिने राष्ट्रपतिले बिजयी हाशिल गर्न सक्ने सम्भावना भने कम छ ।
प्रचण्डको हेभीवेट अभिव्यक्तिले दलहरुमा खैलाबैला ?
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति हेभीवेट हुनुपर्छ भन्दै एक कार्यक्रममा बताएपछि सत्तासाझेदार दलहरुमा खैलाबैला भएको छ । प्रधानमन्त्री दाहालले जास्तो पायो त्यस्तै राष्ट्रपति बनाउनु हुदैन राष्ट्र प्रमुख जस्तो गरिमामय पदमा राष्ट्रिय हितलाई सम्बोधन गर्न सक्ने बनाउनुपर्ने आशय आएको थियो कतिपयले चै उक्त प्रधानमन्त्रीकोे अभिव्याक्तिले पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई राष्ट्रपति बनाउन सकिन्छ कि भन्ने आशय आएको बुझेर एमाले, स्वतन्त्र पार्टी, राप्रपा लगायतका नेताहरुले खैलाबैला गरेका थिए । तर एमालेसँग सरकार बन्नुभन्दा अगाडी नै आन्तारिक सम्झौतामा एमालेवाट सिफारिस भएको व्याक्तिलाई राष्ट्रपतिमा सहयोग गर्नुपर्ने बाध्यता पनि प्रधानमन्त्री सामु छ ।
त्यसैले एमालेवाट सिफारिस भएकै व्याक्ति राष्ट्रपति हुने सम्भावना छ । तर डा.बाबुराम भट्टराईलाई राष्ट्रपति बनाएपनि राष्ट्रको अहित भईहाल्छ भन्ने पनि होइन । गणतन्त्रले जनताालाई धेरै सुविधा नदिएपनि गणतन्त्र स्थापना गर्न र संविधान जारी गर्न यिनै बाबुराम भट्टराईले संयोजकको भुमिका निर्वाह गरेका थिए । एमालेवाट सुवासचन्द्र नेम्वाङलाई अगाडी सार्न लागिएको संकेत यो भन्दा अगाडी नै आईसकेको छ । उत्ता प्रतिनिधिसभामा आफ्नै गृह जिल्ला इलामवाट एकीकृत निर्वाचनमा पराजित भएका पुर्व प्रधानमन्त्री झलनाथ खनाललाई एमालेमा ल्याएर राष्ट्रपति बनाउने तयारी भईराखेको पनि चर्चा आएको छ । यि तिनै जना मध्य जो भएपनि राष्ट्रको हितमा हुने वेटका व्यक्तिहरु नै हुन् । तर कार्यंक्षमताको आधारमा कुन फष्ट हुन्छन् । त्यो चै सत्ता साझेदार दहहरुमा भरपर्छ र पार्टी फरक हुदैम खासै फरक पर्दैन मात्र पदीय स्वार्थ र पार्टीेको हुनमान खोज्ने कुरा मात्र होला किनकी झलनाथ खनाल वर्तमान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भन्दा झलनाथ खनाल अगाडी नेकपा (माले) कालीन इतिहासमा स्थाई कमिटी सदस्य पहिला भएका हुन् । भने डा. बाबुराम भट्टराई सुभासचन्द्र नेम्वाङको पनि उत्तिक्कै कम्युनिष्ट आन्दोलनका योग्य व्यक्तिहरु हुन् ।
तर एमाले पार्टीको शुत्रका अनुसार माथि उल्लेखित व्याक्तिभन्दा पनि बाहिरवाट अन्य कोही राष्ट्रपतिमा सिफारिस हुने सम्भावना रहेको बताइएको छ । बाहिरवाट ल्याएपनि हेभिवेट नै राष्ट्रपति आउने छन् भन्ने चर्चा छ । अहिले नै राष्ट्रपति यो भईहाल्छ भनेर भन्न सक्ने अवस्था छैन । अनुमान गरेर गर्ने गफहरु हुनसक्छन् ।
तर निर्णय त राजनीतिक दलहरुले नै गर्ने हुन् । त्यसमा पनि देश र जनताको हितमा काम गर्न सक्ने राष्ट्रलाई माया गर्ने देशभक्त भावनाले ओतप्रोत भएको व्यात्तित्व राष्ट्रपति भएमा राष्ट्रलाई आईपर्ने संकटहरुमा नेतृत्व गर्ने आट गर्न सक्षम हुन्छन् । यस्ता अनुभवी व्यत्तित्व राष्ट्रपति हुन भन्ने जन चाहना नेपालीहरुको रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend