logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

सिभिल लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा रुद्र प्रसाद दाहाल नियुत्त


  • जन आकाश
  • बुधबार, माघ ११ २०७९

 



काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा रुद्रप्रसाद दाहाल नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको माघ ९ गते बसेको २०१ औं बैठकले दाहाललाई चारर्षको लागि स्वतन्त्र सञ्चालकको लागि नियुक्त गरिएको हो ।

बैंकिङ्ग क्षेत्रमा ३५ वर्ष भन्दा बढि अनुभव भएका दाहाल कृषि विकास बैंकबाट अवकास प्राप्त हुन् । बि.सं .२००८  सालमा धनकुटामा जन्मेका दाहाल सुनसरी इनरुवा स्थायी घरभई हाल कामपा १४ माबसोबास गर्छन् । उनले त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

केन्द्रीय कार्यालय काठमाडौं चावहिलमा रहेको वित्तीय संस्थाको ७५ वटा शाखा रहेको छ । संस्थाले १४ हजार घर परिवारलाई वित्तीय सेवामार्फत कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend