logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

लोक गायक भीम पौडेलको निधन


  • जन आकाश
  • शुक्रबार, माघ १३ २०७९

 



काठमाडौ । लोक  गायक भीम पौडेलको मृत्यु भएको छ। उनको स्याङ्जा स्थित घरमा बिहीबार बेलुका १२ बजे मृत्यु भएको हो । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालका केन्द्रीय सचिव जिवन दाहालका अनुसार उनी दुई महिनादेखि बिमारी थिए। उनलाई निमोनिया भएको थियो । त्यस यता उनी घरमै आराम गरिरहेका थिए ।

पौडेलको पार्थिव शरीरलाई शुक्रबार पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने दाहालले बताए। पछिल्लो समय गायक पौडेल आफ्नै युट्युब च्यानलमा लाइभ दोहोरी गाउँथे। उनले केही समय अघि पोखरा विमान दुर्घटनामा परेकी गायिका निरा छन्त्यालसँग पनि लाइभ दोहोरीमा गीत गाएका थिए।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend