जन आकाश
रामेछाप । मिति २०७९/१०/१४ गते सनिवार गाेकुलगंगा गाउँपालिकाका उपाध्यक्ष उषादेबी कार्किकाे अध्यक्षतामा रस्नालुमा आयाेजित ब्यक्तिगत घटना दर्ता, नागरिकता सिफारिश तथा राष्ट्रिय परिचय पत्र सम्बन्धि १ दिने अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा पालिकाका अध्यक्ष काजी बहादुर खड्का, प्रमुख जिल्ला अधिकारी शाेभाखर रेग्मी , सुरक्षा निकायका प्रमुखहरु ,जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अश्मिता बानिया लगायतका कर्मचारीकाे टिम,सबै वडा अध्यक्ष , वडा सचिब तथा पालिकाका अन्य कर्मचारीहरुकाे सहभागीता रहेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend