जन आकाश
काठमाडौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी बैंक) र दराज अनलाइन सपिङ बीच सम्झौता भएको छ । एन.सी.सी बैंकका ग्राहकहरुले दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।
सम्झौता अनुसार एन.सी.सी बैंकको डेबिट कार्ड प्रयोग र्कताहरुलाई दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम १५% वा रु २,५०० सम्मको छुट र क्रेडिट कार्ड प्रयोगर्कताहरुलाई दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम २०% वारु ३,००० सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यो योजना कार्तिक २५गते देखि मंसिर ३ गते सम्म लागु हुनेछ ।
देशैभर शाखा सञ्जाल फैलिएको एन .सी.सी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend