logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

एन आई सी एशिया मर्चेन्ट मिट २०२३ सम्पन्न


  • जन आकाश
  • बिहिबार, माघ १९ २०७९

काठमाडौ । डिजिटल फष्ट बैंकबन्ने दीर्घकालिन लक्ष्य सहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको यस एन आई सी एशिया बैंक लिमिटेडले सेलेब्रेटिङ डिजिटल पार्टनर सिप ’भन्ने मूलभावका साथ २०७९ माघ १३ गते ‘एन आई सी एशिया मर्चेन्ट मिट २०२३ सम्पन्न गरेको छ ।



बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा काठमाडौं उपत्यकामा संचालनमा रहेका बैंकका १५० भन्दा धेरै व्यवसायिक साझेदारहरुको उत्साहजनक सहभागिता रहेको थियो ।  डिजिटल नेपाल फ्रेमवर्क’ र विश्व बजारमा भइरहेका सूचना प्रविधिको विकासलाई आत्मसात गर्दै ‘डिजिटल फष्ट बैंकबन्ने यस बैंकको दीर्घकालीन लक्ष्यमा मर्चेन्टहरुले देखाउनु भएको उत्साहजनक सहभागिता, सहकार्य र योगदानको उच्च मूल्याङ्कन र कदर गर्दै सहयात्रालाई पुर्न ताज गर्ने हेतुले ‘एन आई सी एशिया मर्चेन्ट मिट २०२३ आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा बैंकका लाइफ स्टाइल बैंकिङ्ग यूनिर्भस प्रमुख श्याम प्रसाद लामिछानेले हाल बैंकले प्रदान गर्दै आइरहेको विभिन्न डिजिटल सेवाहरु तथा बैंकले आगामी दिनमा सुरु गर्न लागेका सेवाहरुको बारेमा जानकारी गराउनु भएको थियो । साथै, यस प्रकारको कार्यक्रमहरु आगामी दिनमा समेत देशका विभिन्न स्थानमा आयोजना गर्ने बैंकको योजना रहेको छ । हाल सम्म २१ लाख बढी मोबाइल बैंकिङ्ग ग्राहक, १४ लाख  बढी डेबिट तथा क्रेडिट कार्ड वाहक, २ लाख बढी क्युआर मर्चेन्ट, ४ हजार बढी पीओए समर्चेन्ट तथा ३०० बढी ई–कमर्श मर्चेन्टहरुको साथै विभिन्न भुक्तानी प्रणालीसँग सम्बन्धित संस्थाहरुले बैंकसँग सहकार्य गरिरहनु भएको छ।

एनआई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै किङ्ग सञ्जालहरू भएका बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूह सम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवादिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी किङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरू मध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend