जन आकाश
रामेछाप । मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले नगरपालिका सुधारको लागि सबै भन्दा पहिला शैक्षिक क्षेत्र सुधार गर्न आवश्यक रहेको बताएका छन् । शनिबारबाट मन्थलीमा सुरु भएको प्रारम्भिक बाल विकास पूर्व प्राथमिक शिक्षाका बाल शिक्षकहरूका लागि पुर्नताजगी कार्यक्रममा बोल्दै प्रमुख श्रेष्ठले शिक्षा क्षेत्र सुधार नगरपालिकाको लागि जटिल कामको रूपमा रहेको बताएका हुन् । उनले “नगरपालिकाले शैक्षिक क्षेत्र सुधारको कामलाई पहिलो प्राथमिकतामा राखेको” श्रेष्ठले बताएका थिए । ‘
मन्थली नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, स्वरोजगार, पर्यटन सामाजिक विकासका कामलाई एकै साथ लैजान चाहेको कार्यक्रममा बताए। यी क्षेत्रलाई प्राथमिकतामा राखेर नगरपालिकाले बजेट समेत विनियोजन गरेको छ भन्दै, यसमा नागरिकको समेत सहयोगको अपेक्षा रहेको सम्बोधनको क्रममा बताए ।
बालबालिकाको मनस्थितिलाई डोहोर्याएर सही दिशामा अघि बढाउने भूमिका शिक्षकको हुने भएकोले समाज र परिवारबाट लिएर आएका कतिपय खराब आचरण शिक्षकको सही दिशानिर्देशबाट मात्र सुधार हुनसक्ने श्रेष्ठ मेयरको भनाई थियो । समाजका सबै सरोकारवालासँग सहकार्य गरेर शिक्षा क्षेत्रको सुधारको लागि अग्रणी भूमिका निर्वाह गरिदिन उनले शिक्षकहरूलाई अनुरोध गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend