logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

रवि लामिछाने नेतृत्वको रास्वपामा सरकारबाट बाहिरिनु पर्ने ?


  • जन आकाश
  • आइतबार, माघ २२ २०७९

 



काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा सरकारबाट बाहिरिने मत बलियो बन्दै गएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लामिछानेलाई गैरसांसदको हैसियतमा मन्त्री नबनाउने अडान लिएपछि सरकारबाट बाहिरिने मत बलियो बन्दै गएको हो ।

पार्टीका बैठकहरूमा सरकारबाट बाहिरिने मत बलियो हुँदै गएको प्रवक्ता मुकुल ढकालले बताए । हामी बैठक बस्दैछौँ । पार्टीका अधिकांश नेताहरूको मत सरकारबाट बाहिरिनु पर्छ भन्ने धारणा छ। ढकालले भने “आजको बैठकपछि पार्टीले एउटा निर्णय गरेर निष्कर्षमा पुग्छौँ । आफू प्रवक्ता भएकाले आधिकारिक निर्णय नहुँदासम्म सरकारमा रहने वा नरहने भन्न नमिल्ने ढकालले बताए ।

पार्टीका बैठकहरूमा लामिछानेले आफूलाई जनतामा जान दिन आग्रह गर्ने गरेको अर्का एक नेताले बताए । ‘मलाई अन्याय भएको छ ” मेरो कुरा भन्न जनतामा जान दिनुस् जनताले जे जस्तो फैसला गर्छन्  त्यो स्वीकार गर्न तयार छु । लामिछानेका भनाई उदृत गर्दै ती नेताले भने ‘सभापति गृह मन्त्रालय नपाए सरकारमै बस्न हुन्न भन्ने पक्षमा हुनुहुन्छ । पार्टीका अरू नेता सहित प्रधानमन्त्री र एमाले अध्यक्ष केपी ओली कारण मात्र अहिलेसम्म रास्वपा रोकिएको हो ।

प्रधानमन्त्री प्रचण्ड लामिछाने नेतृत्वको पार्टीलाई अरू कुनै मन्त्रालय दिएर जाने पक्षमा छन् । गृह मन्त्रालय लामिछानेलाई दिएमा स्वार्थ बाझिने भएकाले अन्य कुनै मन्त्रालयमा पार्टीकै सांसदलाई मन्त्री बनाउन प्रस्ताव गरेका हुन् । तर लामिछाने भने गृह मन्त्रालयमै गैरसांसदको रूपमा आफूलाई पठाउन दबाब दिँदै आएका छन् । यो विषयमा कुरा नमिलेपछि रास्वपामा सरकारबाट बाहिरिने अवस्था बन्दै गएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend