logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्ने


  • जन आकाश
  • आइतबार, माघ २२ २०७९

 



काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरे लगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने सभापति लामिछानेले जानकारी दिएका हुन्।

पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ, त्यो आफ्नै ठाउँमा छ । त्यस लगत्तै पार्टी कार्यालयबाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु । उनले भने, ‘म चाहन्छु सिङ्गो देश र विदेशमा रहनु हुनेहरू सबैले आजको पत्रकार सम्मेलन हेरून् । मैले सिधाकुरा नगरेको धेरै भएछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend