जन आकाश
मोहन कार्की ।
काठमाडौ । देशकै पहिलो अर्थसचिव, नेपाल राष्ट्र बैकका संस्थापक गभर्नर हिमालय शम्शेर राणा यहि मितिः २०७९ साल माघ २२ गते आईतवार स्वर्गरोहण हुनु भएको छ । पछिल्लो समय उहा निमोनियावाट पिडित हुनुहुन्थ्यो उहाको नर्भिक हस्पिटल थापाथलीमा उपचारका त्रममा स्वर्गीय हुनुभएको हो । पिता जर्नेल लक्ष्मणशमशेर र माता विजयालक्ष्मी जबराको कोखबाट सन् १९२८ जनवरी १० मा जन्मिनु भएका राणाले भारतको मुम्बईस्थित स्कुल अफ इकोनोमिक्स एन्ड सोसिओेलोजीबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको थियो ।
हिमालय शम्शेरको ईतिहास
२०००७ को दिल्ली सम्झौता पछि बनेको पहिलो संयुक्त सरकारमा अर्थमन्त्री हुनु भएका सुवर्णशमशेर जबराले हिमालयलाई पहिलो अर्थसचिव बनाउनु भएको थियो ।
नेपाली नोटमा पहिलो हस्ताक्षर
२०१३ सालमा नेपाल राष्ट्र बैंक स्थापना भएपछि हिमालय शम्शेर पहिलो (संस्थापक) गभर्नर बन्नुभएको थियो। पहिलो नेपाली नोटमा उहाकै हस्ताक्षर छ ।
भारु नोटको बिनिमय दर कायम गर्ने गभर्नर
भारु १०० को नेरु १६० हिमालय शम्शेरकै पालादेखि भारु १०० बराबर नेरु १६० कायम हुने गरी सटही दर निर्धारण गरिएको थियो, जुन अहिलेसम्म कायम छ ।
००७ सालमा त्रिपक्षीय दिल्ली सम्झौता पछि बनेको पहिलो संयुक्त सरकारमा अर्थमन्त्री बन्नुभएका सुवर्णशमशेरले अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएका हिमालयशमशेरलाई पहिलो अर्थसचिव बनाउनु भएको थियो ।
२०१७ पुस १ मा राजा महेन्द्रकोले राष्ट्रवादी लाईवाट सत्ता हातमा लिय लगतै सरकारले गभर्नवाट हटाएको थियो । त्यसपछि संयुक्त राष्ट्रसंघको जागिरे बनेर अमेरिका पुग्नुभएका हिमालय शम्शेर। त्यहाँबाट अवकाश पाएर स्वदेश फर्केपछि पनि हिमालयन बैंक स्थापना र सञ्चालनमै उहाले बिताउनु भएको थियो । हाल हिमालय बैको प्रमुख कार्यकारी अधिकृत उहाकै जेठो छोरा अशोक शम्शेर जबरा रहनु भएको छ ।
२०१३ सालमा राष्ट्र बैंक स्थापना भयो, त्यसवेलामा नेपाल बैंक मात्र सञ्चालनमा थियो । त्यतिवेला, नेपालमा दुईवटा मुद्रा चलन चल्तीमा थिए । पहाड र उपत्यकामा नेपाली रुपैयाँ चल्थ्यो भने कैलालीदेखि झापासम्मको तराई भेगमा भारु मात्रै चल्थ्यो । सरकारले नै भारुलाई कानुनी मान्यता दिएको थियो । मालपोत पनि भारुमै उठाउने, सरकारी दस्तुर पनि भारुमै असुल गर्ने र खर्च पनि भारुमै गर्ने प्रचलन थियो ।
पहिलो गभर्नर हुनुभएका हिमालय शम्शेरले एउटा सार्वभौम मुलुकमा दुई देशको मुद्रा व्यावहारिक नभएको ठहर गर्दै तराईमा भारतीय मुद्रा विस्थापन गर्ने नीति लिनुभयो । उक्त समयमा नेरु र भारुको सटही काठमाडौंमा इन्द्रचोक, मखन, असनका दुई–चारजना सर्राफीले गर्थे ।
पेन्सन थापेर आएका इन्डियन लाहुरेहरूसँग सस्तोमा भारु किन्ने र साउन–भदौतिर दसैँका लागि मालसामान झिकाउँदा व्यापारीलाई त्यही भारु महँगोमा बेचेर सर्राफीहरूले कमाइ गर्थे । सर्राफीहरूले भारुको भाउ बढाउनेबित्तिकै नेपालमा सबै मालवस्तुको भाउ बढिहाल्थ्यो । यसो हुँदा भारु र नेपाली रुपैयाँको विनिमय दर स्थिर तोक्ने काम पनि उहाले नै गर्नु भएको थियो । पाँच वर्षको गभर्नरको कार्यअवधि हुने भए पनि उहाले चार वर्ष आठ महिना मात्रै काम गर्न पाउनु भएको थियो। गभर्नर हुँदै राजा महेन्द्रले बहुदलीय प्रजातन्त्रमा आस्था राख्ने व्यक्ति भन्दै उहालाई पदमुक्त गर्नु भएको थियो। देवशमशेरका नाति भएकाले उहालाई जन्मिँदै कर्णेल उपाधि दिएको थियो । श्री ३ को रोलक्रममा उहा पनि हुनुहुन्थ्यो ।
‘संस्थापक गभर्नरको निधनबाट अर्थतन्त्रमा ठूलो क्षतिः गभर्नर अधिकारी
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका संस्थापक गभर्नर हिमालयशमशेर राणाको निधनले मुलुकको अर्थतन्त्रमा अपूरणीय क्षति पुगेको बताएका छन् । राणानिवास थापाथलीमा पुगी पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै गभर्नर अधिकारीले राणाको निधनले नेपालको अर्थतन्त्रमा निकै ठूलो क्षति भएको बताए । उनले भने, ‘समग्र अर्थतन्त्र र बैंकिङ क्षेत्रमा उहाँको निधनले ठूलो क्षति पुगेको छ, यो क्षेत्रले अभिभावक गुमाएको छ ।’
केन्द्रीय बैंकको सोच, आवश्यकता, स्थापना, दृष्टिकोण ल्याउने व्यक्तित्व राणाले मुलुकको आर्थिक क्षेत्रमा गरेको योगदान चर्चा गरेर नसकिने भन्दै अधिकारीले राणाले अर्थसचिवका साथै नेपालको प्रतिनिधिका रूपमा संयुक्त राष्ट्रसंघमा काम गरेको स्मरण गरे ।
देशको सार्वभौम सम्बन्धी महत्वपूर्ण मुद्दा सम्बोधनका लागि बैंक स्थापना गरी नेपाली एकल मुद्राको सञ्चालन गर्ने अभियानकै रूपमा संस्थापक राणाले ठूलो योगदान गर्नुभएको छ । ‘ उहाँको प्रयासमा भारतीय मुद्रासँग नेपाली मुद्राको निर्धारण भएको सटही दर अहिले पनि कायम छ,’ गभर्नर अधिकारीले भने, ‘त्यसवेला नेपालमा भारतीय मुद्रा व्यापक रूपमा चलनचल्तीमा थियो, भारतीय मुद्रासँग नेपाली मुद्राको सटही दर कायम गर्ने ठूलो चुनौती थियो, सबै जनताको भावनालाई बुझेर तय गरेको उही दर हाल कायम छ ।’
संस्थापक गभर्नरको पार्थिव निधनमा शोकमग्न हुदै थापाथली सवैसाधरण देखि उपल्लो ओहोदाका व्याक्तित्वहरुको भीड देख्न सकिन्थ्यो ।
हिमालय शम्शेर राणालाई जन आकाश मिडियाले जन आकाश साप्ताहिकको १० औ बार्षिकोत्सवको अवसरमा २०७४ सालमा (संस्थापक गभर्नर सम्मान) पत्रले सम्मानित गरेको थियो ।
स्वर्गीय संस्थापक गभर्नर हिमालय शम्शेरप्रति चिर शातिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ । जन आकाश मिडिया परिवार
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend