जन आकाश
काठमाडौ । गीत, संगीत क्षेत्रमा काम गर्ने उदेश्य राखि स्थापना भएको एक्टिभ इन्टरटेन्टमेन्ट कम्पनीले आफ्नो ४ बर्ष पुरा गरी पाचौ बर्षमा प्रवेश गरेको छ ।
उक्त अवसरमा एक कार्यक्रम गरी मनाइएको थियो । काठमाडौस्थित नेपाल चलचित्र बोर्डको हलमा भएको कार्यक्रममा प्रा.लिका अध्याक्ष बिजेन्द्र नौवागेको सभापतित्वमा भएको थियो भने प्रमुख अतिथि उपसभामुख इन्दिरा राना मगरको रहेकी थिइन । भने विशिष्ट अतिथिहरुमा वरिष्ठ गायिका ज्ञानु राणा ,वरिष्ठ कलाकार तथा निर्देशक मोहन निरौला ,कलाकार तथा निर्देशक सुभास प्रसाद गजुरेल,चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामा ,गायक तथा कलाकार पि.एन.सापकोटा ,चलचित्र निर्देशक अमर वली ,वेलकम इन्टरनेशनल प्रा.लि.का देवेन्द्र शारु मगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सन्चालन संचारकर्मी तथा कार्यक्रम प्रस्तोता राजेश बर्देवाले गरेका थिए ।
सम्मानित हुने व्यक्तिहरु यस प्रकार छन् ।
पत्रकार मोहन कार्की, वरिष्ठ कलाकार उत्तम के.सी.वरिष्ठ कलाकार शिव शंखर प्रसाद रिजाल(जोगिन्दर पान वाला),वरिष्ठ म्यूजीक भिडियो निर्देशक शिव वि.क. लोकप्रिय गायिका जुनु रिजाल, चलचित्र नायक शितल के.सी,लोकप्रिय गायक रूपक डोटेल ,निर्देशक तथा भिडियो सम्पादक प्रेम शर्मा पौडेल ,लोक तथा दोहोरी गायक जीवन परियार, रेकर्डिष्ट तथा ध्वनी मिश्रण डिका गुरुङ, ध्वनी मिश्रण मनोज परियार , कलाकार खेम नेपाली , कलाकार कमल खड्का , मोडल रमेस विष्ठ , संचारकर्मी डिवी पराजुली ,वरिष्ठ समाज सेवी ,धन बहादुर नेपाली , यूवा समाजसेवी देव क्षेत्री , वरिष्ठ समाजसेवी राजु कार्की , कार्यक्रम सञ्चालक राजेश बर्देवा,रमेश बाबु थापा,मोडल उत्साह घिमिरे रहेका थिए ।
कार्यक्रममा गायीका जुनु रिजाल र गायक रुपक डोटेलले आफ्नो सांगीतिक प्रस्तुति राखेका थिए भने कर्ण प्रिय स्वरकी धनि ज्ञानु राणाले समेत गीत गाएर हललाई संगीतमय बनएकी थिइन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend