logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

गण्डकी प्रदेश सभाको बैठक दिउँसो १ बजे बस्ने


  • जन आकाश
  • मंगलबार, माघ २४ २०७९

 



काठमाडौ । गण्डकी प्रदेश सभाको बैठक  दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानकारी दिए ।

गत शुक्रबारको बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दासले सो विधेयकलाई सभासमक्ष प्रस्तुत गरेकी थिइन् । आजकै बैठकबाट उक्त विधयेक पारित हुने जनाइएको छ ।

प्रदेश सरकारले चालू आवको विनियोजित बजेट रकमान्तर गरी खर्च गर्न विधेयक संशोधनको प्रक्रिया अगाडि बढाएको थियो । बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वन मार्फत पुँजीगत खर्च वृद्धि गर्ने प्रदेश सरकारको लक्ष्य छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend