जन आकाश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बारेमा सो पार्टीको घोषणा हुनासाथ चर्चित ज्योतिषी दीपक सुवेदीले गरेको भविष्य वाणी यतिबेला चर्चामा आएको छ । सुवेदीले जे भनेका थिए त्यस्तै स्तिथिमा रवि लामिछाने तथा उनको रास्वपा पुगेको छ ।
फोरकास्ट टेलिभिजन युट्युबच्यानलमा लाईभ प्रस्तुति दिँदै रास्वपाको घोषणा भएको भोली पल्टै सुवेदीले रवि लामिछाने प्रति आम सर्वसाधारण जनताले जुन आशा अपेक्षा र भरोसा गरेका छन् । पार्टीको घोषणा गर्दाको समयको लग्न कुण्डली अनुसार केही पक्षमा राम्रो देखिए पनि केही पक्षमा ग्रहको भूमिका निकै विपरित भएको सुवेदीको भनाई थियो ।
सुवेदी एक प्रतिष्ठित लोकप्रिय ज्योतिषी हुन् । उनले धेरै राजनीतिक भविष्यवाणी गरेका छन् जुन भविष्यवाणीहरू प्राय सबै मिलेका छन् । उनले गर्ने गरेको ज्योतिषीय भविष्य वाणीको बारेमा नेपालको सञ्चार जगत अनभिज्ञ छैन । जब उनले भविष्यवाणीको रूपमा केही फलादेश गर्छन् ।
सुवेदीले विभिन्न मिडियाहरूमा पहिलो संविधानसभाले काम गर्न नसक्ने, त्यतिमात्रै नभएर त्यतिबेलाको राजनीतिक संयन्त्र नै काम नलाग्ने बताएका थिए । नभन्दै त्यस्तै भयो । राजनीतिक पक्ष पाखा लागेर खिलराज रेग्मीको अध्यक्षतामा सरकार गठन भयो । खिलराज रेग्मीको सरकारलाई चुनाव बनाउन ठूलै चुनौतिहरू थिए ।
सुवेदीले आसानसँग चुनाव हुन्छ भने, नभन्दै दोस्रो संविधानसभाको निर्वाचन सजिलैसँग सम्पन्न भयो । धर्मक्षेत्रलाई सम्बोधन गरेको खण्डमा दोस्रो संविधानसभाबाट संविधान जारी हुन्छ भनेर सुवेदीले संविधानसभालाई ज्योतिषीय मार्गदर्शन लिखित तथा मौखि दुबै तरिकाबाट गरे । त्यसपछि तात्कालीन संविधानसभाले धर्मको नाममा सनातन धर्म भन्नाले भनेर टिप्पणी उल्लेख गर्न बाध्य भयो ।
पार्टीको नामको अगाडि एकिकृत राखेको शब्द नफाप्ने भनेपछि पार्टीको नाम परिवर्तन गरी नेकपा माओवादी केन्द्र बनाएका थिए । पार्टीको नाम फेरे लगत्तै प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बनेका थिए । यस्ता चर्चित सिद्ध भविष्यवाणीहरू उनले धेरै नै गरेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend