logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

रामेछापको चुचुरेमा देवीको मन्दिर जिर्णोद्धार सम्पन्न


  • जन आकाश
  • बुधबार, माघ २५ २०७९

मोहन कार्की ।
रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वाडन १ चुुचुरेमा भुमेश्वरी देवीको मन्दिर जिर्णोद्धार सम्पन्न भएको छ । उक्त मन्दिर सोही ठाउका स्थानीय मणिराज तामाङले बाल्यकालमा सपनामा देखेको र २०२९ सालमा उत्खनन् गरी सोही ठाउमा मन्दिर निर्माण गरेर पुजा आज गरिदै आएको थियो । उक्त मन्दिर २०७२ सालको भुकम्पवाट भौतिक संरचनामा क्षति पुगेको थियो ।



त्यस क्षति पुगेको भुमेश्वर देवी मन्दिरलाई पुनः जिर्णोद्धार गर्न गोकुलगंगा गाउँपालिकाले पाँच लाख बजेड बिनियोजित गरेको  थियो । उक्त मन्दिर जिर्णोद्धारको काम सम्पन्न भई मितिः २०७९ साल माघ २५ गते नेपाल राष्ट्रका प्रथम एतिहासिक जगतगुरु अनन्त श्री बिभुषित बाल शान्त मोहन शरण देवाचार्य महाराज करकमलवाट उदघाटन गरी जिर्णोद्धार सम्पन्न भएको छ ।

गोकुलगंगा चुचुरेमा रहेको उक्त भिमेश्वर मन्दिरको जिर्णोद्धार पछि श्र्रदालु भक्तजनहरुले सहज रुपमा पुजा गर्न पाउने भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend