जन आकाश
।
जनकपुर । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले त्यहाँ कार्यरत निजामति कर्मचारीमाथि आक्रमण गरेका छन।
गाउँपालिका अध्यक्ष यादवले सोही गाउँपालिकामा कार्यरत अधिकृत छैठौं तहका कर्मचारी श्रवण कुमार यादव र सहायक आन्तरिक लेखा परीक्षक नविन कुमार साहमाथि हातपात गरेका हुन् ।
पालिकाको विवाद के हो ?
विगत एक महिनादेखि हाजिरी गर्न नदिइएको विषयलाई लिएर गाउँपालिकाको कार्यालयमा विवाद भएपछि अध्यक्ष यादवले हातपात गरेको कर्मचारीहरुको आरोप छ।
कर्मचारीद्वय साह र यादवले आफूहरुलाई विगत एक महिनादेखि गाउँपालिकाको कार्यालयमा हाजिरी गर्न नदिई अध्यक्ष यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत राम पुकार दासले मनोमानी गर्दै आइरहेको आरोप लगाएका छन्।
लेखा परीक्षक साहले बुधबार गाउँपालिका अध्यक्ष यादवसहित निमित्त प्रमुख प्रशासकीय दास र एकजना कार्यपालिका सदस्यका पति लक्ष्मी यादव तथा अध्यक्ष यादवका बाउन्सर बहेरा बेला बस्ने भरत महतोले आफूहरुमाथि कुटपिट गरेको आरोप लगाएका छन् ।
अध्यक्षद्धारा कुटिएका भनिएका कर्मचारीले भनेका छन् “गाउँपालिका अध्यक्ष यादवले मनोमानी तरिकाले कार्यालयको हाजिरी रजिष्टर आफ्नो कार्यकक्षमा राखेको र उनको अगाडि पछाडि गर्ने कर्मचारीलाई मात्रै हाजिरी गर्न दिइएको कर्मचारी साहले दाबी गरे। उनले बुधबार आफूहरु हाजिरी गर्न जाँदा हाजिरी गर्न नदिएर उल्टै आफूहरुमाथि हातपात गरेको” कुराकानीको क्रमामा बताएका हुन ।
अधिकृत यादव सो गाउँपालिकामा विगत १ वर्षदेखि र लेखा परीक्षक साह विगत ४ महिनादेखि कार्यरत रहेका छन्। उनीहरुले आफूहरुलाई अध्यक्ष यादवले काम नै गर्न नदिएको गुनासो समेत गरेका छन्।
घटनाको बिषयमा गाउँपालिका अध्यक्षलाई बुझ्दा उनले स्थाई कर्मचरी श्रवण कुमार यादव र नविन कुमार शाह कार्यलयमा काम गर्न नै नआएको र सो बिषयमा प्रमुख प्रशासकीय अधिकृतसँग हाजिरको बिषयमा भनाभनसम्म भएको टेलिफोनमा स्वीकार गरेका छन् । उनले आफ्नो बचाउ गर्दै अफु हामीत गाउँपालिका अध्यक्ष भईसकेपछि अरुलाई सुरक्षा दिन बसेका काहा हातपात गर्नु त्यस्तो हातपात नभएको बताए । तर पीडित कर्मचारीको भनाईमा अध्यक्षले बाउन्सर समेत राखेर आफुहरुलाई हातपात गरेको बताएका छन् । उनिहरुले उपलब्ध गराएको अडियोमा पनि भनाभन भएको सुनिन्छ।
विवादसँग सम्बन्धित त्यहाका प्रमुख प्रशासकीय अधिकृत पुकार दाससँग सम्पर्क गर्न खोज्दा उनको मोवाइल स्वीच अफ थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend