logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

दाङको गोरखनाथ वैदिक गुरुकुलमा आगलागी


  • जन आकाश
  • शुक्रबार, माघ २७ २०७९

 



काठमाडै । दाङको घोराही उपमहानगरपालिका १७ स्थित चौघेरा गोरक्ष रत्ननाथ मठको रहेको गोरखनाथ वैदिक गुरुकुलमा आगलागी भएको छ । शुक्रबार बिहान करिब ४ बजे तिर गुरुकुलमा अध्यन गर्ने बटुकको आवासमा आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

गुरुकुलको बटुक बस्ने आवासको कोठामा विद्युत सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिए । आगलागी भएको खबर पाए लगत्तै प्रहरी, सशस्त्र प्रहरी, दमकल तथा स्थानीयको सहयोगमा बिहान करिब ५ बजे आगो नियन्त्रण लिएको गौतमले बताए ।

आगलागीबाट बटुकको पुस्तक खाद्यान्न लत्ता कपडा सम्पूर्ण जलेर नष्ट भएका छन् । गुरुकुलमा २५ जना बटुक आवासीय अध्ययन गर्दै आइरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend