logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

युवा पुस्तालाई किन रोक्न सक्दैन देशले ?


  • जन आकाश
  • शुक्रबार, माघ २७ २०७९

मोहन कार्की ।
काठमाडौ । नेपालका युवाहरु बैदेशिक रोगगारका लागि भनेर दैनिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलवाट बाहिरी रहेको दृष्यले नेपालमा सम्भावना र रोजगार छैन भन्ने देखाउछ भने नेपालको भविष्य कस्तो बन्ने हो अनिश्चित जस्तै बन्दै गएको छ । गाउँमा बृद्धाबृद्धा, स–सना नानीहरु त्यो पनि अन्य शहरमा व्यवस्थापन गर्न नसक्नेहरु मात्र र केही आफ्नो घर छोड्न नसक्ने देशभक्ति भावनाले निष्ठा बोकेका मानिसहरु ।



  1. यस्तो अवस्थामा देशलाई पु¥याउने के के कारणहरु छन् ।
    राजनीतिक कारण
    सामाजिक कारण
    पारिवारिक कारण
    बैदेशिक हस्तक्षेपको कारण

नेपालमा २०४६ सालको परिवर्तन पछि नेपालमा भएका राष्ट्रियस्तरका उद्योग कल कारखाना बन्द भएपछि अर्को विकल्प नभई बेरोजगारको समस्या थपिएको हो । त्यसमाथि पनि राजनीतिक नियुक्तिले भएका राष्ट्रियस्तरका उद्योगहरुमा गलत नेतृत्वहरु मजदुर संगठनको नाममा प्रवेश गराएर उद्योगहरु बन्द गराईएको थियो ।

खुल्ला अर्थतन्त्रको नीति लिएको भएपनि नेपालको चिया निगम, बासबारी छालाजुत्ता कारखाना, बालाजु कपडा उद्योग, हेटौडा कपडा उद्योग, हिमाल सिमेन्ट कारखाना, उद्योगहरु बहुदल नामको व्यवस्थामा नीजिकरण गरेर बन्द गरिएका थिय भने बाकी रहेका उद्योग वुटवल द्यागो कारखाना, भृकुटी काजग उद्योग, गोरखाली टायर, हरिसिद्धि इटा उद्योग, विराटगर जुट मिलहरुमा राजनीतिक भागबण्डामा मजदुर नेताको नाममा उद्योगलाई कसरी बन्द गराउने भन्ने उदेश्य राखेर नै नियोजित तरिकाले नै राजनीतिक पार्टीहरुले मजदुर नेताको पगरी गुथायर पठाइएका व्यक्तिहरुले उद्योगमा एकदीन काम नगर्ने तर सधै जिन्दावाद, मुर्दावादको नारा लगाउन सिकाउने राजनीतिक पार्टीका नेपाली काँग्रेस र एमाले, त्यसभन्दा स–सना पार्टीमा आवद्ध पार्टीका सवै भातृ संगठनका नामका यस्ता मजदुरको खोल ओडेर उद्योगहरु बन्द गराई छाडेका हुन् । तिनै मजदुर नेता खोल ओडेकाहरुको अचेल काठमाडौम २ चार करोडको महल, बगला, गाडी, भात भान्सामा काम गर्ने नोकर, चाकर सौकातको जिन्दगीमा मस्त छन् । तर ति राष्ट्रियस्तरका उद्योगहरुमा काम गर्ने वास्तविक मजदुरहरुको जिन्दगी बेरोजगार भएर कष्टपुर्ण जिवन विताईरहेको पाईन्छ ।

त्यस कारण वास्तविक मजदुरले राष्ट्रियस्तरका उद्योग बन्द गराएका होइनन् मजदुरको नाममा उद्योगमा छिरेका तर नियोजित नेपालका उद्योग धन्दा बन्द गराउन प्रवेश गरेका राजनीतिक पार्टीवाट परिचालितहरुले नेपालको उद्योग कलकारखाना बन्द गराउन ठुलो भुमिका खेलेका छन् । यो नै सत्य हो । त्यसकारण नेपालका राजनीतिक पार्टीहरु पनि विदेशतिरको र्निदेशनमा चलेका छन भन्ने शंका गर्ने आधार यो उद्योग बन्द भएका कारणलाई लिन सकिन्छ ।

अर्को बहुदलीय व्यवस्था स्थापना हुन नपाउदै २०५२ सालावट भएको माओवादी सशस्त्र युद्धको असरले नीजि लगानीमा उद्योग कल कारखाना स्थापना गर्न लगानी मैत्री नभएको र त्रासका कारण नेपालको सम्भावना बोकेका उद्योगहरु स्थपाना हुन नसक्दा, प¥र्याटनको विकासमा आएको ह्रस, होटल व्यवासायमा परेका असर जस्ता कारणले पनि नेपालका हुर्किदै गरेका काम गर्न आतुर जनशक्तिलाई व्यवस्थापन गर्न सकेको थिएन ।

यस्तै अवस्थाहरुवाट गुज्रीरहेको नेपाल देशका नागरिकहरुले बैदेशिक रोजगारको लागि मलेसिया देशमा पहिलोपटक श्रम सम्झौता भएपछि बैदेशिक रोजगारमा जाने वाटो खुलेको थियो । त्यही समयवाट मानिसहरुमा बिदेशमा गएर पैशा कमाउने आकांक्षा बढेको हो । कतिपयले बैदेशिक रोजगारमा गएर आफ्नो घर÷परिवार समाज सवै ठिक ढंङगावाट सगालेर काम गर्दा त ठिक्कै भएको मानिन्थ्यो तर पछिल्लो समय फलानोको छोरा कुन देशमा, कति कमाउछ जस्ता प्रश्नले जसको छोराछोरी विदेशमा छन् । त्यसैलाई प्रतिष्ठा मान्ने सामाजिक कारणले पनि युवापुस्ता, बृद्धाबृद्धा आमा बाहरुलाई प्रतिष्ठा जस्तो बन्न गएको हुनाले, अर्को पढ्ने बाहानामा अमेकिा, ईरोप, अष्टिे«लिया, कयानाडा लगाय देशमा जानेको लर्को बढेर गएको छ । ति देशहरुमा भन्दा नेपालमा नै व्यवासाय गर्न सक्ने मान सम्मान पाउन सक्ने क्षमता भएकाहरु समेत यसरी सामाजिक प्रष्तिठाका कारणले बिदेश पलायन हुने अर्को कारण बनेको छ । जाहा की अमेकिरामा महिनाको एक लाख कमाउछ भन्ने ठुलो लाग्ने तर खर्च कति हुन्छ भन्ने नसोच्ने समग्रमा नेपालमा नै ति विकसीत देशभन्दा बढी आर्जन गर्न सक्ने क्षमताका नेपाली समेत यस्तो प्रतिष्ठाको नाममा विदेश पलायन हुने प्रबृतिले पनि समस्या बन्दै गएको छ ।

अर्को पारिवारिक कारणहरु जस्तै फलानाको छोराछारी बिदेशमा गएर कमाई गरी ल्याएका छन् । भनि सधै प्रतिष्ठासँग जोडेर पारिवारिक दवावका कारण पनि बैदेशिक रोजगारमा युवा पुस्तालाई दवाव परेको देखिन्छ ।

यसरी देशवाट बिदेश रोजगारको शिलशिलमा जाने त छदैछ । त्यो भन्दा डरलाग्दो अवस्थावाट पढ्न जाने नाममा पलायन हुने युवापुस्ताको लर्कोले नेपालको भविष्य नै बृद्धाबृद्धा र बालबालिका मात्र बस्ने देशको सूचीमा पर्ने संकेत गरिरहेको छ ।

स्मरणरहोस्  यस्तो बिषयमा काही,कतै दिर्धकालीन योजना बनेको देखिदैन । बिदेशमा जस्तै नेपालमा अकर्षण कार्यक्रम ल्याएर युवाहरुको विश्वास जित्न सक्ने र काममा लगाउन सक्ने वातावरण नेपालले बनाउन सकेको खण्डमा विश्वका कुना कुनामा पुगेर जोखिम मोलेर अरुको देशकोव निर्माण, उत्पादमा बृद्धि गराउन सक्ने गरी पसिना बगाउन सक्ने मेहनती नेपालीहरुले आफ्नै देश नेपाल बनाउन सक्छन् । यस्तो आट गर्ने आटिलो नेतृत्व कोही छ ? खोजी गरौ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend