logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

भूकम्पको पीडामा लुटपाटको घटना बढ्यो टर्कीमा ?


  • जन आकाश
  • आइतबार, माघ २९ २०७९

 



काठमाडौं । भूकम्पको पीडामा रहेको टर्कीमा लुटपाटका घटना बढेका छन् । लुटपाटमा संलग्न भएको भन्दै हालसम्म ४८ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । गत सोमबार बिहान ७.८ म्याग्निच्युडको भूकम्प जाँदा टर्की र सिरियामा हालसम्म २८ हजार जनाको मृत्यु भइसकेको छ । यो पीडाका बीच लुटपाटका घटनाले थप चिन्ता बढाएको छ ।

समाचार एजेन्सी अनादोलुका अनुसार लुटपाटका घटनाबारे अनुसन्धानका लागि एक कमिटी गठन गरिएको छ । कमिटीको अनुसन्धानपछि आठ अलग(अलग प्रान्तबाट संदिग्ध ४८ जनालाई पक्राउ गरिएको छ । यसअघि टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले लुटपाट लगायतका अपराधमा संलग्नलाई कडा कारबाही गर्न निर्देशन दिएका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend