जन आकाश
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सोमबार दिउँसो बस्दै छ। दिउँसो तीन बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय समिति विस्तार गर्नेबारे छलफल हुनेछ। अहिले रास्वपाको केन्द्रीय समिति २४ सदस्यीय छ। केन्द्रीय समितिमा केही सदस्य थप्नेबारे आज निर्णय हुन सक्ने रास्वपाका एक पदाधिकारीले जानकारी दिए। आजको बैठकमा अन्य समसामयिक राजनीतिक विषयबारे पनि छलफल हुनेछ।
यसैबीच रास्वपाले चितवन २ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार प्राइमरी इलेक्सन गरेर छान्ने भएको छ। उक्त क्षेत्रमा यसअघि पार्टी सभापति रवि लामिछाने निर्वाचित भएका थिए। नागरिकता मुद्दामा उनको पद बदर भएपछि निर्वाचन आयोगले २०८० वैशाख १० गते चितवन २ मा उपनिर्वाचन गर्दैछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend