logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

राष्ट्रपति भण्डारीले गरिन् आयुर्वेद शिक्षण अस्पताल भवनको उदघाट्न


  • जन आकाश
  • बुधबार, फाल्गुन ३ २०७९

 



काठमाडौ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रिय आयुर्वेद विद्यापिठ तथा शिक्षण अस्पतालको भवनको उदघाट्न गरेकी छन् । दाङ तुलसीपुरको बेलझुण्डीस्थित आयुर्वेद शिक्षण अस्पतालको नव निर्मित भवनको राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन ।

सो अवसरमा राष्ट्रपति भण्डारीले भवनको अवलोकन पनि गरेकी छिन । ०७० असार १७ गते २४ करोड ७२ लाख ८३ हजार लागतमा सुरु भएको उक्त भवन २०७४ असार मसान्तमा निर्माण सम्पन्न भएको थियो ।

नेपाल सरकार, विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदानबाट भवन निर्माण भएको हो । उक्त भवन ३ तला र १ सय ८ कोठाहरु छन् । तल्लो तलामा आयुर्वेद अस्पताल सञ्चालनको व्यवस्था मिलाइएको छ। उक्त भवनमा आयुर्वेद विएएम्एस्‌को पठनपाठन भइरहेको छ । जसमा विभिन्न व्याचका २ सय १५ जना विद्यार्थी अध्ययनरत छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend