logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

रामेछापको डुढे जङ्गलवाट फैलिएको डढेलोले  रामेछाप बजारसम्म प्रभावित


  • जन आकाश
  • बुधबार, फाल्गुन ३ २०७९

मोहन कार्की।
रामेछाप । रामेछाप नगरपालिका वाडन ९ को डुढेको बनवाट मिति २०७९ फागुन २ गतेदेखि लागेको डढेलो फैलिदै ३ गते रामेछाप नगरपालिकाको मुकाम बन डिभिजन कार्यालय रामेछाप बजार नजिक आइपुगेको छ।
टाउके डाडा सामुदायिक बन उपभोक्ता समुहको बनमा  यत्तिबेला  आगोको ज्वाला आकासिदै फैलिदै गरेको छ।



रामेछाप जिल्ला बन डिभिजन कार्यलयका प्रमुखको नेतृत्व आज आगो निभाउन स्थानीय बासी, प्रहरी चौकीका असइ रामेछापका  दिनेश चौलागाईंको नेतृत्वमा प्रहरिहरु लगायतको संयुक्त प्रयासमा गरेको तर भिरमुनी र सेलरोटी आकारमा डढेलो फैलिएको हुनाले खाल्टो खनेर घेरा बार गरेको तर नियन्त्रण गर्न नसकिएको रामेछाप प्रहरीका प्र. स.नि.ले चौलागाईंले जानकारी दिएका हुन ।

सवैभन्दा खतरा रामेछाप जिल्ला बन डिभिजन कार्यालय जङ्गलमा नै रहेको हुनाले खतरा बढेको छ। त्यस्तै नगरपालिकाको मुकाम पनि जङ्गल सङै जोडिएको हुनाले नगरपालिका लगायत रामेछाप बजार समेत खतरामा पर्दै गएको छ।

बन डिभिजन कार्यालयका प्रमुख रामसरण गौतमलाई सम्पर्क गर्दा उनले बन कार्यालयले सवै समन्त्र तयारी अवस्थामा राखेको नेपाली सेनासङ पनि कोडनेशन गरेर नेपाली सेना पनि तयारी अवस्थामा रहेको र कुनै मानविय क्षती हुन नदिने जन आकाश मिडियालाइ बताएका छन् ।

स्मरण रहोस यस्ता आगलागिले प्रकृतिक सम्पती नस्ट हुनको साथै जिवप्रणी समेत नस्ट हुन गइ पर्यावरणमा प्रतिकुल असर पर्छ । त्यो प्रतिकुल असरले महिलाहरुले बच्चा जन्माउदा अपाङ्ग हुने, लुलो लङडो हुने जस्ता अनेकौ समस्या आउँछ भन्ने भनाइ छ । त्यसकारण आफै डढेलो लागेको हो भने पनि डढेलो शुरु हुने बित्तिकै सवै मिलेर नियन्त्रण गरिहाल्नुपर्छ। कुनै मानवले अन्जानमा त्यस्तो गल्ती गरेको रहेछ भने यो माथी प्राकृतिक प्रतिकुल असरको ज्ञान नभएर यस्ता अगो लगाउने काम गरेका हुन्छन् । कोहि ब्यात्तीले त्यो काम गरेको रहेछ भने पनि यो समाचार पढेपछी यस्ता कार्य गर्ने छैनन् भन्ने बिश्वास हाम्रो मिडियाले लिएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend