logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाए ज्ञापनपत्र


  • जन आकाश
  • शुक्रबार, फाल्गुन ५ २०७९

 



काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । गणतन्त्र, राष्ट्रियता र जनजीविकाका विषय समेटेर ज्ञापन पत्र बुझाइएको महासचिव मनोज भट्टले जानकारी दिए । ज्ञापनपत्रमा उल्लेख गरिएका विस्तृत विषय केहीबेरमा सार्वजनिक गरिने उनले बताए ।

ज्ञापन पत्र बुझाउन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, कोषाध्यक्ष मधुकुमार क्षेत्री तथा केन्द्रीय सदस्य घनश्याम न्यौपाने प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend